प्रदेश १ अपडेट : हालसम्म ५ हजार ७ सयको पीसीआर विधिबाट नमूना परीक्षण

प्रदेश १ अपडेट : हालसम्म ५ हजार ७ सयको पीसीआर विधिबाट नमूना परीक्षण

विराटनगर । प्रदेश १ मा १७ हजार ८८ जनामा कोरोना परीक्षण भएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको कोरोना सूचना डेस्कले जनाएअनुसार प्रदेश सरकारको पहलमा ल्याबमा गरिने (पीसीआर) विधि र द्रूत परीक्षण विधिबाट परीक्षणलाई तिव्रता दिइएको छ ।

आरडीटीबाट जम्मा ११ हजार ३ सय २२ नमूको परीक्षण भएको छ । यसैगरी पीसीआर विधिबाट गरिएको बुधबारसम्म ५ हजार ७ सय ६६ जनाको नमूना परीक्षण भएको छ ।

तीमध्ये प्रदेश १ मा बुधबारसम्म १०४ जनामा कोरोना पुष्टि भएको छ । परीक्षणबाट कोरोना संक्रमण देखिएका र विराटनगरको कोशी कोभिड अस्पतालमा उपचारपछि ठिक भई ३० जना डिस्चार्ज भइसकेका छन् ।

यता, प्रदेश सरकारले निर्माण गरेका क्वारेन्टाइन स्थलमा बस्नेको संख्या कूल १८ सय २६ जना छ । आइसोलेसनमा स्वास्थ्यकर्मीको निगरानीमा १९ जना छन् । होम क्वारेन्टाइनमा जम्मा ८ हजार ७ सय ९७ जना बसिरहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्