कोरोना अपडेट : प्रदेश नं. १ मा कोरोनाका संक्रमित १ सय ४ पुग्यो

कोरोना अपडेट : प्रदेश नं. १ मा कोरोनाका संक्रमित १ सय ४ पुग्यो

विराटनगर, जेठ १४ । प्रदेश नं. १ मा कोरोना संक्रमितको संख्या १ सय ४ पुगेको छ । बुधबार १७ जना नयाँ संक्रमित थपिएका छन् । बुधबार झापाको कचनकवलका १५ र गौरादह नगरपालिकाका २ जनामा संक्रमण पुष्टी भएको छ ।

कोशी अस्पताल विराटनगरको प्रयोगशालामा गरिएको परीक्षणमा १७ जनामा पोजेटिभ रिपोर्ट आएको हो । कचनकवलका १९ देखि ५७ वर्ष उमेरका पुरुष र गौरादहका २६ र ४१ वर्षीय पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले जानकारी दिनुभयो । झापाका ५ वटा स्थानीय तहमा कोरोना संक्रमण देखिएको छ । गौरादहमा आज २ जना संक्रमण देखिएसँगै ५ वटा स्थानीय तहमा संक्रमण देखिएको हो ।

यसअघि झापाको कचनकवल, दमक, बार्हदशी, झापा गाउँपालिकामा संक्रमित देखिएका थिए । झापाको कचनकवलमा मात्र संक्रमितको संख्या ४८ पुगेको छ । प्रदेश १ को झापामा ५४, उदयपुरमा ३३, धनकुटामा ७, मोरङमा ५, सुनसरीमा ३, खोटाङ र भोजपुरमा १र१ जनामा संक्रमण देखिएको छ । प्रदेश १ बाट ३० जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेमा उदयपुरका २७, झापाका २ र भोजपुरका १ जना रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्