विराटनगरको कोभिड अस्पतालबाट आज भुल्केका ४ जना कोरोना संक्रमित डिस्चार्ज

विराटनगरको कोभिड अस्पतालबाट आज भुल्केका ४ जना कोरोना संक्रमित डिस्चार्ज

विराटनगरमा रहेको कोभिड १९ अस्पतालबाट थप ४ आज बुधबार कोरोना संक्रमण निको भएर डिस्चार्ज भएका छन् । उदयपुरको भुल्केका एक पुरुष र तीन महिला डिस्चार्ज भएका हुन् ।

डिस्चार्ज हुनेमा ५८ पुरुष, ३६, ४० र ६५ वर्षीय महिला रहेको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रका जनस्वास्थ्य अधिकृत ज्ञानबहादुर बस्नेतले जानकारी दिए । डिस्चार्ज भएका पुरुष र एक महिला ९ वैशाखमा अस्पताल भर्ना भएका थिए ।

२ जना २७ वैशाखमा भर्ना भएका थिए । डिस्चार्ज भएका सबैलाई उदयपुरको भुल्के पठाइएको बस्नेतले जानकारी दिए । बुधबार ४ जना डिस्चार्ज भएसँगै प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या ३० पुगेको छ । प्रदेश १ मा संक्रमितको संख्या १०४ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्