ओवी अपडेट : विराटनगर १८ का फरार वडाअध्यक्ष संजय साह जेल चलान

ओवी अपडेट : विराटनगर १८ का फरार वडाअध्यक्ष संजय साह जेल चलान

विराटनगर÷ विराटनगर – १४ जतुवाका ५५ वर्षिय सेमानन्द यादव हत्या प्रकरणमा मुछिएका विराटनगर महानगरपालिका १८ का वडाअध्यक्ष ३५ वर्षिय संजय कुमार साहलाई जिल्ला अदालत मोरङले पुर्पक्षको लागि थुनामा राख्न आदेश दिएको छ ।

मोरङ अदालतको मुख्य न्यायधीश मेदनीप्रसाद पौडेलकोे इजालशले वडाअध्यक्ष साहलाई पुर्पक्षको लागि थुनामा राख्न बुधबार आदेश गरेको हो ।

अदालतको आदेशपछि साह पुर्पक्षका लागि कारागार चलान भएको मोरङ अदालतका सूचना अधिकारी युवराज पौडेलले जानकारी दिए । हत्या आरोप लागेसँगै गत असारमा तीन जना वडाअध्यक्षसहित १० जना फरार थिए । फरार भएका मध्ये साह लकडाउनको समयमा बुधबार सुटुक्क अदालतमा हाजिर भएका थिए ।
सोही दिन थुनछेक बहस भएको थियो । बादी र प्रतिवादीको तर्फबाटका कानुन व्यवसायीहरूले बहस गरेपछि अदालतले आदेश गरेको हो ।

विवाहको विषयमा विवाद हुँदा गत जेठ ३२ मा विराटनगर–१४ का वडाध्यक्ष बलदेव यादवको घरमा बसेको पञ्चायतीमा सोही ठाउँका समानन्द यादवमाथि निर्घात कुटपिट भएको थियो । कुटपिटबाट घाइते यादवको २६ असारमा मृत्यु भएको थियो ।

यादवको मृत्यु भएपछि विराटनगर महानगरपालिका १४ का वडाअध्यक्ष ६५ वर्षिय बलदेव यादव, १८ का वडा अध्यक्ष ३५ वर्षिय संजय साह भन्ने संजय कुमार साह, मोरङको जहदा गाउँपालिका १ का वडाअध्यक्ष प्रदिप भनिने प्रदिपचन्द यादव, वडाअध्यक्ष बलदेवका ३० वर्षिय छोरा रविन यादव, विराटनगरका ५५ वर्षिय विन्देश्वर यादव, सोही ठाउँका ३२ वर्षिय विजय भन्ने शम्भू यादव, भोला भनिने भोलु यादव, विरेशकुमार यादव, २७ वर्षिय दिपेश यादव र मोरङ जहदा गाउँपालिका १ का ४२ वर्षिय दिनेश प्रसाद यादव विरूद पीडित परिवारले किटानी जाहेरी दिएका थिए ।
हत्यामा संलग्न भएको आरोप लागेका तीन वडाध्यक्षसहित १० जना भारततर्फ फरार भएका थिए । उनीहरू विरूद्ध पीडित परिवारले किटानी जाहेरी दिएसँग अभियुक्तहरूलाई खोज्न प्रहरी भारतसम्म पुगेको थियो । तर प्रहरीले उनीहरूलाई पक्रिन सकेको थिएन । उद्यपी सो हत्या प्रकरणका आरोपी विराटनगर १४ का २७ वर्षिय दिपेश यादव गत १८ भदौमा मोरङ प्रहरी कार्यालयमा कानुन व्यवसायीको साथ उपस्थीति भएका थिए ।

प्रहरीले यादवलाई हिरासतमा राखेर २१ दिन लगाएर अनुसन्धान पुरा गरेपछि सरकारी वकिलको कार्यालय मार्फत प्रहरीले अदालतमा गत १० असोजमा अभियुक्त दिपेशसहित अन्य ९ जनालाई फरार प्रतिवादी बनाएर अदालतमा मुद्दा दर्ता गरेको थियो । अदालतको आदेशपछि दिपेश कारागार चलान भएका थिए । अन्य फरार छन् । उनीहरू भारततर्फ रहेको बुझिएको छ । आरोपी मध्ये मोरङको जहदा गाउँपालिका १ का वडा अध्यक्ष प्रदिप भनिने प्रदिपचन्द यादव पनि केही महिना अगाडी अदालतमा उपस्थिती भएका थिए । अदालतको आदेशपछि उनी अहिले पुपक्षको लागि थुनामा छन् । उनी अहिले विराटनगर कारागारमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्