बजेट भाषण : सुरक्षाकर्मीले लगाउने जुत्ता, कपडा र खाद्यान्न नेपालमै उत्पादन गर्ने

बजेट भाषण : सुरक्षाकर्मीले लगाउने जुत्ता, कपडा र खाद्यान्न नेपालमै उत्पादन गर्ने

काठमान्डौ । नेपालका सुरक्षाकर्मीले अब नेपालमै उत्पादित कपडा, जुत्ता लगाउनु पर्ने भएको छ ।
सरकारले आगामी आर्थिक वर्ष २०७७÷७८ को बजेट वक्तव्य मार्फत सुरक्षाकर्मीको पोशाक, जुत्ता र खाद्यान्न अब स्वदेशमै उत्पादन गर्ने घोषणा गरेर आफ्नै उत्पादन प्रयोग गर्ने नीति अख्तियार गरेको हो ।

सुरक्षाकर्मीको पोशाक तथा बन्दोबस्तिका सामग्री यसअघि विदेशबाट आयात गर्ने गरिएको थियो । आगामी वर्षबाट भने यी सामान अब नेपालमै उत्पादन गरिने छ ।
त्यतिमात्र होइन सरकारले नेपाली सुरक्षाकमीले अब नेपालमै उत्पादिन खाद्यान्न उपभोग गर्ने छन् । सुरक्षाकर्मीका लागि आवश्यक पर्ने खाद्यान्न आफैंले उत्पादन गर्नुपर्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्