विराटनगरका अपाङ्गता व्यक्तिलाई लकडाउनको समयमा राहत

विराटनगरका अपाङ्गता   व्यक्तिलाई लकडाउनको समयमा राहत

विराटनगर । लकडाउनको समयमा विराटनगरका विपन्न १० जना अपाङ्गतालाई राहत वितरण गरिएको छ ।
युवा नेता वसिम आलमको नेतृत्वमा विराटनगरका युवाहरुले बिहिबार चामल, राजमा, नुन, तेल लगायतका समाग्री वितरण गरिएको हो । आलमको अनुसार लकडाउनका कारण अप्ठयारोमा परेको भन्दै संजय थापाले फोन गरेपश्चात उनीहरुलाई केहि दिनका लागि भए पनि सहयोग पुग्छ भन्ने उद्देश्यले राहत वितरण गरीएको हो ।


उनले भने यस्ता खाल्का विषयमा सरोकारवालाको ध्यान जान पर्नेमा आजसम्म सरोकारवालाले वेवास्ता गर्दा दुख लाग्छ । यस अधि पनि विराटनगरका युवाहरुले उनीहरुलाई सहयोग गरेको आलमको भनाई छ ।
राष्ट्रिय अपाङ्गता महासंघले आजसम्म खोज खबर नगरेको संजय थापाले जनकारी दिए । उनको अनुसार उनले धेरै पटक राष्ट्रिय अपाङ्गता महासंघका सरोकारवालाहरुसँग सम्पर्क गर्दा समेत वेवास्ता गरेको उनले बताए । संजय थापा शारीरीकरुपमा अपाङ्गता छन् ।
उनी जोगबनीबाट सामान ल्याउदै व्यापार गर्ने गर्दछन् । लकडाउन घोषणा भएसँगै उनको काम यो समय ठप्प छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्