विराटनगरको पोखरिया स्कुलमा लकडाउनमै प्रवेश परीक्षा ,प्याब्सनले गर्यो विरोध

विराटनगरको पोखरिया स्कुलमा लकडाउनमै प्रवेश परीक्षा ,प्याब्सनले गर्यो विरोध

प्रेम देवान
विराटनगर । सरकारले जारी गरेको लकडाउनका बाबजुत पनि विराटनगरको एक सामुदायिक विद्यालयले प्रवेश परीक्षा लिएको भन्दै प्याबसन मोरङले ध्यानाकर्षण जनाएको छ ।

नयाँ भर्नाको लागी विराटनगर ३ मा रहेको पोखरिया मावीले विगत केहीदिन यता दैनिकी रुपमा नयाँ भर्नाको लागी प्रवेश परीक्षा लिएको भन्दै प्यावसन मोरङले बिहिबार एक प्रेस विज्ञप्ती जारी गरेर ध्यानाकर्षण गराएको हो ।

हाल सरकारले कोरोना भाईरस कोभिड १९ को रोकथाम तथा जोखिमबाट बच्न भन्दै विगत २ महिनादेखी लकडाउन गरेको छ । यस्तो अवस्थामा कुनै पनि विद्यालयहरुलाई भर्ना तथा प्रवेश परीक्षा जस्ता कुनै पनि गतिविधी नर्गन र नगराउन भनेको छ ।
शिक्षा विज्ञान तथा प्रविधी मन्त्रालयको निर्देशन अनुसार यहाँका निजी विद्यालयले भर्ना प्रकृयको सम्बन्धमा कुनै पनि गतिविधी नगरी आएको जानकारी प्यावसन मोरङले जनाएको छ । तर यता विराटनगरमा रहेको पोखरीया स्कुलले भने खुलेआम सरकारको पालना अवज्ञा गरेको भन्दै तत्काल प्रवेश परीक्षा तथा भर्ना अभियान रोक्न आग्रह गरेको गरेको छ ।

स्कुलले विहिबार एक सय भन्दा बढी विद्यार्थी तथा अभिभावक भेला गराई विद्यार्थीहरुबाट प्रवेश परीक्षा अनुसार शुल्क लिईरहेको थाहा पाएपछि नगर प्याव्सनले पनि विरोध जनाएको छ । प्याव्सन नगरका अध्यक्ष ईन्द्र राई आफै स्कुल परीसरमा पुगेर हेर्दा नयाँ विद्यार्थी भर्नाको लागी प्रवेश परीक्षा लिएको बताए । अहिले सरकारले लकडाउन गरेको छ नगर अध्यक्ष ईन्द्र राईले भने,‘यस्तो अवस्थामा स्कुलले भने खुलेआम प्रवेश परीक्षा लिएको प्रति हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ ।’ ‘हरेक दिन ३० जनाको समुह बनाएर प्रवेश परीक्षा दिइरहेको अभिभावकको जनगुनासो आएपछि ‘म फिल्डमा पुगेको बेला स्कुलमा प्रवेश परीक्षा लिइरहेको फेला पर्यो ।’ यदि कुनै निजी विद्यालयले पनि त्यस्तो कार्य गरेको भेटिए तत्काल कारबाही गर्ने नगर अध्यक्ष ईन्द्र राईले बताए । उता प्याव्सन मोरङले भोलीदेखी प्रवेश परीक्षा रोक्न आग्रह गर्दै आगामी दिनमा यस्ता गतिविधी नगर्न चेतावनी दिएको छ ।

साथै यस्ता गतिविधी नरोकिए प्याव्सन मोरङले पनि संस्थागत निर्णय गरी भर्ना अभियानलाई अगाडी बढाउने विज्ञप्तीमा उल्लेख गरिएको छ ।
यता पोखरीया स्कुलका प्रिन्सीपल खेमराज भट्टराईले भने प्रवेश परीक्षा नलिएको दावी गरे । स्कुलका विद्यार्थीहरुलाई स्कुलमा बोलाएर पाठ्यपुस्तक मात्र वितरण गरिएको बताए ।

स्कुलले कुनै पनि विद्यार्थीहरुलाई प्रवेश परीक्षा नगराएको र शुल्क पनि नलिएको भट्टराईले दावी गरे । स्कुलले सरकारको मापदण्ड विपरीत कुनै पनि नगरेको प्रिन्सीपल भटराईले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्