विराटनगरको कालीमन्दिरको धर्मशालामा क्वारेन्टाईन राखेको भन्दै स्थानियको विरोध

विराटनगरको कालीमन्दिरको धर्मशालामा क्वारेन्टाईन राखेको भन्दै स्थानियको विरोध

प्रेम देवान
विराटनगर । विराटनगर ७ मेनरोड स्थित कालिमन्दिरको धर्मशालामा क्वारेन्टाईन राखेको भन्दै स्थानियले विरोध जनाएका छन् ।

विराटनगर महानगरपालीका अन्तर्गतको कोरोना भाइरस जोखिम न्यूनिकरण व्यवस्थापन शाखाले शुक्रबार भारतबाट आएका ब्यक्तिहरुला धर्मशालामा राखेको भन्दै विरोध जनाएका छन् । मेनरोडमा रहेको कालिमन्दिर छेउमा रहेको कालि प्रतीय धर्मशालामा अहिले विराटनगरका विभिन्न वडाका ५ जना व्यक्तिहरु क्वारेन्टाईनमा राखिएको छ ।

अहिले भारतबाट दैनिकी काम गर्न गएका नेपालीहरु आउने क्रम जारी छ । क्वारेन्टाईनमा राखिएका व्यक्तिहरुबाट कुनै पनि बेला कोरोनाको संक्रमण बढ्न सक्ने भएकाले तत्काल यहाँबाट क्वारेन्टाईन हटाउनुपर्ने स्थानियवासीको भनाई छ ।
स्थानियवासी लगायत व्यापारीहरुले कालि मन्दिर प्रवेश गर्ने दुवै साईडमा डोरी टागेर सवारी साधन आवतजावतमा समेत अवरोध पुर्याएको थिए । स्थानियवासीले विराटनगर महानगरपालीका वडा नम्बर ७ का वडा अध्यक्ष मधुबाबु तिवारीलाई यहाँबाट तत्काल हटाउन आग्रह गरे । क्वारेन्टाईन राख्नको लागी विराटनगरका अन्य विभिन्न स्थानहरु विकल्प हुँदा हुदै पनि यसी बजारको ठाँउमा क्वारेन्टाईन नराख्न स्थानियवासीले यसरी अग्राह गरिहेका थिए ।

यता वडा अध्यक्ष मधुबाबु तिवारीले भने धर्मशाला व्यावस्थापन समितिसँग नै समन्वय गरेर क्वारेन्टाईन राख्नको लागि तयारी गरिएको बताए । क्वारेन्टाइनमा बसेकाहरु कोरोना संक्रमण नभएर उनीहरुलाई तत्कालको लागि होम क्वारेन्टाईनका रुपमा राखिएको हो, हामीले स्थानीयलाई सम्झाउन बुझाउन नसकेको मात्र हो । ‘अब यसको विकल्पको लागी मेयरसँग छलफल गरेर समस्याको समाधान गरिनेछ ।’ यता लकडाउनको समयमा स्थानियवासीले गरेको अवरोधमा कसैले पनि सामाजिक दुरी अप््नाएको देखिएको थिएन । नत उनीहरुको मुखमा मास्क नै थियो न त सामाजिक दुरी नै अप्नाएको देखिन्थ्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्