विराटनगरको लकडाउन : व्यापारी र प्रहरीको लुकामारी

विराटनगरको लकडाउन : व्यापारी र प्रहरीको लुकामारी

प्रेम देवान
विराटनगर । स्थान विराटनगर मेनरोड समय विहानको ११ बजे शुक्रबार वडा प्रहरी कार्यालय विराटनगरको एउटा गाडी हर्न बजाउदै बजारमा निस्कन्छ । विराटनगरको बजारमा खुल्ला गरिएका सटरहरु एका एक बन्द हुन्छ । प्रहरीको गाडी आउन साथ व्यापारीहरु हत्तार हत्तार पसल बन्द गर्छन् । कतिपयले खासै वास्ता पनि गर्दैनन् ।

यस्तो दृष्य कुनै ताका आन्दोकारी र व्यापारी विच कहिले काही विराटनगरमा देखिन्थे । तर अहिले त्यस्तै प्रकारको परिदृष्य विराटनगरको मेनरोडमा देख्न सकिन्छ । यतिबेला विराटनगरका साना व्यापारी र प्रहरी विच लुकामारी भईरहेका परिदृष्य बजारमा स्पष्ट देख्न सकिन्छ । प्रहरी आयो सटर तान्यो , प्रहरी गयो सटर फेरी खोल्यो । पछिल्लो केहीदिन यता विराटनगरको मेनरोडका व्यापारी र प्रहरीको लु्कामारी भईरहन्छ आखिर कहिले सम्म ?

हो , मुलुकमा लकडाउन भएका आज २ महिना ५ दिन भयो । लकडाउनका कारण आज हरेक क्षेत्रमा प्रत्यक्ष असर परेको छ भन्नु यसमा कसैको दुईमत छैन । साना व्यापारीदेखी ठूला उद्योग कलकारखाना, होटल व्यावसायदेखी यातायात सम्म अनि स्कुलदेखी स्वास्थ्य क्षेत्रमा प्रत्यक्ष असर परिरहेको छ । अझ त्यो भन्दा पनि दैनिकी ज्यालादारीमा काम गर्ने व्यक्तिहरु त झन यो बेला मारमा परेका छन् ।

मानिसलाई कोरोना भाईरसको डर पनि छ त्यतिकै मात्रामा आफ्ना व्यापार व्यावसाय पनि लकडाउनका कारण धारासायी बन्दै गएको प्रति चिन्ता पनि छ । सरकारले जारी गरेको लकडाउन २ महिना वितिसक्दा यहाँका साना तथा ठूला व्यापार चौपट हुन थालेको भन्दै विराटनगरका व्यापारीहरु अब आफै खोल्न लागि पर्न थालेका छन् ।

कोरोना भन्दा अब हाम्रो व्यापार व्यावसायी धरायसी हुने भन्दै चिन्ता व्यक्त गर्न थालेका छन् । शुक्रबार मेनरोडका स्थानियवासीले आफै पसल खोल्ने निर्णय लिदै पसलका सटरहरु खोलिरहेका थिए । खोलिएका पसलको चावी प्रहरीले लगेको भन्दै सात घुम्ति स्थित केही केहीबेर व्यापारी र प्रहरी विच भनाभन समेत भएको थियो । लकडाउनको समयमा कपडा पसल लगायत जुत्ता चप्पल , फर्निचर लगायतका पसल खोलेको भन्दै प्रहरीले बन्द गराउन आग्रह गरेको थियो ।

यता वडा प्रहरी कार्यालयका डिएसपी वेदराज गौतमले खोलिएका पसल तत्काल बन्द गराउन लगाएका थिए ।
सरकारले जेठ २० गते सम्म लकडाउनको समयअवधी थपेको छ । यता डिएसपी गौतमले व्यापारीलाई ४ दिन सम्म धैर्य रहन समेत आग्रह गरेर सम्झाई बुझाई छाडेका थिए ।
यता विराट व्यापार संघका अध्यक्ष सुजन थापाले व्यापारीहरु माथि  चाबी खोसेको प्रति आपत्ति जनाए ।

‘प्रहरीले व्यापारीहरु माथी त्यस्तो व्यावहार गरेको भए हुन्थ्यो । थापाले भने, तीनै तहका सरकारसँग समन्वय गरी अबको दिनमा साना व्यापारीलाईहरुलाई पनि खोल्न दिने बाताबरण मिलाउछौ ।’
शुक्रबार विराटनगरमा अन्य दिनभन्दा बढी बजारमा चहलपहल देखिन्थ्यो । पुस्तक पसल , हाडवेर पसल , कपडा पसल , लगायत अन्य मासु पसल समेत खुला गरिएको देखिन्थ्यो । प्रहरीको गाडी निरन्तररुपमा निगरानीको लागी निस्किएता पनि व्यापारीहरुले वेवास्था गरिरहेका देखिन्थे । यता प्रहरीले सडकमा चलाइएको ट्याम्पो र सिटी रिक्शा समेत होल्ड गरेको थियो ।

लामो समय सम्म बढेको लकडाउनबाट व्यापारीहरु मार परेको स्वीकार गर्दै मोरङ प्रहरीले विहान १० बजे सम्म खाद्यन्न , पुस्तक पसल लगायत हार्डवेर पसल खोल्न दिएको छ । तोकिएको समय भन्दा बढी बाहिर गएर खोलेको भेटिए त्यस्तो पसललाई कारबाही समेत गर्ने प्रहरीले जनाएको छ ।

व्यापारीहरुले सामाजिक दुरी कामय गरी पसल खोल्न पाउनुपर्छ भन्दै स्थानिय व्यापारीहरुले माग गरेको वडा प्रहरी कार्यालयका डिएसपी वेदराज गौतमले बताए । सरकारले तोकेको लकडाउन जेठ २० गते सम्मको वातावरण हेरर मात्र उक्त निर्णय गरिने डिसपी गौतमको भनाई छ ।

यता व्यापारीहरु माथी कुनै त्यस्तो नराम्रो व्यावहार भए आगामी दिनमा सच्याउदै जाने गौतमले बताए । डिएसपी गौतम भन्छन् केहीदिन यता विराटनगरका व्यापारी र प्रहरी विच लुकामारी भईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्