भेनाजुलाई मादक पदार्थ सेवन गराई कुटपिट गरी हत्या, २ पक्राउ

भेनाजुलाई मादक पदार्थ सेवन गराई कुटपिट गरी हत्या, २ पक्राउ

विराटनगर । सुनसरीको बराहक्षेत्र नगरपालिका– ३ का कमल राईको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले दुईजनाई पक्राउ गरी सर्वाजनिक गरेको छ ।
शुक्रबार बराहक्षेत्र नगरपालिका– ३ ईक्राही जमुनाकित्ता स्थित प्लटिङ जग्गाको बाटोमा ३७ वर्षिय कमलको शव भेटिएको थियो ।

शव भेटिएपछि अनुसन्धान सुरु गरेको प्रहरीले नाताले सालो पर्ने गणेश लिम्बू र लिम्बूका साथी प्रदीप राजधामीलाई पक्राउ गरेको हो । प्रहरीले हत्याको कारण पुरानो रिसिइबी रहेको बताएको छ । गत फागुनमा कमलले लिम्बूलाई कुटपिट गरेका थिए । कुटपिटको रिस फेर्न बिहीबार साँझ मदिरा सेवन गराई एकान्तमा लगेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक कमल थापाले बताए । झापा दमक बस्दै आएका राई फागुन महिनायता ससुराली घर भरौलमा बस्दै आएका थिए ।
पाँच महिना अगाडी कमल राई र गणेश लिम्बू बीच विवाद हुँदा कमल राईले गणेशलाई सामान्य कुटपीट गरेका थिए । घटनाको केही समय पछि विवाद मिलेको थियो । बिहीबार साँझको समयमा कमल राई मादक पदार्थ सेवन गरी घर आउँदै गरेको अवस्थामा बराहक्षेत्र– ३ नडाहामा गणेशले भेटेका थिए । भेटपछि उनले कमल राईलाई फकाउँदै पुनः मादक पदार्थ सेवन गराएका थिए । साथमा प्रदीप राजधामी पनि थिए । मापसे गरेपछि राति ८ बजे एकान्त स्थान ईक्राही टोलको जामुना कित्ता प्लटिङमा पूर्याएर कुटपिट गरे । पूर्व योजनाका साथ मदिरा सेवन गराएका लिम्बूले साथमा असारे जातको २ वटा लाठ्ठी लिएर आएका थिए । लट्ठीले कमल राईलको संवेदशिल अंग र टाउकोमा प्रहार गरे । टाउको र संवेदनशिल अंगमा प्रहार गरेपछि उनको घटनास्थलमै ज्यान गयो । मृत्यु पश्चात लाठी घटना स्थलमै छाडेर आफ्नो घर तर्फ लागे । घटना पछि अनुसन्धान सुरु गरेको र प्रहरीले दुईजनालाई नै पक्राउ गरेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्