निजि विद्यालय संगठनहरु र पोखरीया उ.मा.वि. बीच आरोप प्रत्यारोप, एकपछि अर्को विज्ञप्ती

निजि विद्यालय संगठनहरु र पोखरीया उ.मा.वि. बीच आरोप प्रत्यारोप, एकपछि अर्को विज्ञप्ती

विराटनगर । यतिबेला कोरोना भाइरस कोभिड १९ का कारण मुलुकका हरेक क्षेत्र संकटग्रस्त अवस्थामा छन् । अझ शैक्षिक शत्रको बेलामा यस्तो माहामारीको रुपमा देखा परेको आपतकालिन अवस्थाले गर्दा शैक्षिक क्षेत्रमा प्रत्यक्ष असर परिरहेको छ । सरकारले कुनै पनि निजी तथा सामुदायिक विद्यालयलाई भर्ना तथा शैक्षिक गतिविधी नगर्न र नगराउन निर्देशन जारी गरेको छ । तर यता विराटनगर ३ मा रहेको सामुदायिक विद्यालय पोखरिया उच्च माध्यमिक विद्यालयले प्रवेश परीक्षा गराएर सरकारले दिएको निर्देशनको अवज्ञा गरेको भन्दै प्यावसन मोरङले बिहिबार एक प्रेस विज्ञप्ती जारी गरेर ध्यानाकर्षण गरायो ।
त्यसको भोलीपल्ट शुक्रबार नै पोखरिया स्कुलले पनि प्रेस विज्ञप्ती निकालेर आफुहरुले परीक्षा नलिएको भन्दै विज्ञप्ती निकाल्यो । पोखरिया स्कुलले गत विहीबार विहान स्कुलले प्रवेश परीक्षा लिएको भन्दै प्याब्सन नगर अध्यक्ष ईन्द्र राई स्कुल परिसरमा पुगेर प्रवेश परीक्षा लिदै गरेको फोटो खिचेका थिए ।
राईले विद्यालय प्रशासनलाई समेत परीक्षा नलिन आग्रह गरेको बताए। विद्यालयले गरेको गल्तीलाई ढाकछोप नहोस भनेर आफुले फोटो खिचेको राईले बताए । आज त्यही फोटो खिचेको र विद्यालय परीसरमा कसैलाई जानकारी नगराई विद्यालयको मान मर्यादामा आँच आउने खालको गतिविधी गराएको भन्दै विद्यालयले पनि विज्ञप्ती निकालेको छ ।
विद्यालय ले लकडाउनमा परीक्षा नलिएको दावी गर्दै स्कूलका व्यवस्थापन समिति अध्यक्ष कृष्णप्रसाद गौतम र प्रधानाध्यापक खेमराज भट्टराईले शुक्रबार संयुक्त विज्ञप्ति जारी गर्दै परीक्षा लिएको भनि आफूहरुमाथि लगाएको आरोप निराधार र कपोलकल्पित भएको भन्दै जारी विज्ञप्तीमा उल्लेख गरेको छ ।
विद्यालयले लकडाउनको समयमया प्रवेश परीक्षा लिएको भन्दै कारबाहीको माग गर्दै बिहीबार विज्ञप्ति प्रकाशन गरेको थियो । पोखरिया माविले भने प्याब्सनले आरोप लगाएजस्तो गरी लुकिछिपी विद्यार्थी भर्ना गर्नुपर्ने आफूहरुलाई कुनै आवश्यकता नभएको बताएको छ ।
यता विद्यालयले विज्ञप्ती निकालेको भोली पल्ट अर्थात आज (शनिबार) पुनट्ठ प्याब्सन विराटनगर लगायत ४ वटा स‌स्थाले सयुक्त रुपमा विज्ञप्ती निकालेको छ ।
हिसान मोरङ, एन प्याब्सन विराटनगर, इष्टु मोरङ र प्याब्सन विराटनगरले शनिबार संयुक्त रूपमा विज्ञाप्ती जारी गरेको हो ।
कोरोना भाइरसको महामारीले अक्रान्त भएका बेला विद्यार्थी भेला गरि प्रवेश परीक्षा सञ्चालन गरिरहेको अवस्थामा प्याब्सन विराटनगरका नगर अध्यक्ष ईन्द्रकुमार राईले यस्तो अप्रिय र जोखिमपूर्ण कार्य गरी समुदायमै रोग फैलाउने सुत्रधार नबन्न विद्यालयका जिम्मेवार ब्यक्तिलाई अनुरोध गर्दा उल्टै अनुरोधलाई ठाडो तिरस्कार गर्ने कार्य भएको बताए ।
‘यो महामारीको बेला भर्ना सम्वन्धी कुनै पनि कार्य नगर्न नगराउन सरकारले लगाएको अवस्थामा सरकारी आदेशको ठाडो उल्लङ्घन गरी उल्टै प्याब्सन विराटनगरका नगर अध्यक्षलाई ब्यक्तिगत अशोभनिय र निराधार आरोप लगाई आफ्नो निकृष्ट कार्यको ढाकछोप गर्ने कामलाई हामीले अत्यन्त गैरजिम्मेवार निन्दनीय कार्य ठानेका छौं,’ विज्ञप्तीमा भनिएको छ । विज्ञप्तीमा विद्यालयलाई नियमानुसार कडा कारवाही गर्न पनि माग गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्