विराटनगरमा व्यक्तिगत सहयोगमा ५ सय परिवारलाई राहत वितरण

विराटनगरमा व्यक्तिगत सहयोगमा ५ सय परिवारलाई राहत वितरण

विराटनगरमा लकडाउनले समस्यामा परेका विपन्न परिवारलाई विराटनगरमा दुई सामाजिक अभियान्ताले लगातार सहयोग गर्दै आएका छन् ।

अहिले सम्म ५०० जना परिवारलाई राहत वितरण गर्दै आएको अभियानकर्मी संजिव चापागाईं र सुनिल थापाले बताए । विराटनगरका विभिन्न वडामा रहेका विपन्न परिवारलाई राहत स्वरुप चामल , दाल लगायतका खाद्यान्न उपलब्ध गराएको चापागाईंले बताए ।

विपन्न परिवारसंग सम्पर्क गराउन विभिन्न क्षेत्रमा सामाजिक काम गर्ने सामाजिक अभियानता बिबेक दाहाल, वसन्त अधिकारी अनुपमा बास्ताेला, दिपक चापागाई, बिक्रम निराैला,  कृष्ण कार्की ,सुरज जोशी , अरूण न्याैपाने, टीका खतिवडा, विष्णु भुर्तेल, अक्षय शाहनी , सविन दाहालले अादिले वास्तविक अप्ठ्याराेमा परेका व्यक्ति संग जाेडन सहयाेग गरेको चापागाईंले बताए ।

यो अभियान व्यक्तिगत रुपमा सुरु गरिएको र जारी रहने उनको भनाइ छ । उनिहरुले गरेको अभियानलाई हालसम्म सामाजिक सञ्जालमा नराखिएको पनि बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्