रुकुम पस्चिमको घटनालाई लिएर विराटनगरमा विरोध प्रर्दशन

रुकुम पस्चिमको घटनालाई लिएर विराटनगरमा विरोध प्रर्दशन

विराटनगर । रुकुम पस्चिम घटनाको सत्यतत्य छानविनका लागी संसदिय छानविन गठन गर्नुपर्ने माग सहित विराटनगरमा विरोध प्रदर्शन गरिएको छ । मानव अधिकार तथा समाज विराटनगरले आईतबार विराटनगरको पंचमखी हनुमान मन्दिर परिसर छेउमा विरोध प्रदर्शनपछि कोणसभा गरेका थिए ।


विरोध प्रदर्शनमा ‘दोषी माथी कानुनसम्मत कारबाही गर, जातीय विभेद अन्त्य गरौँ, ‘रुकुम पस्चिम घटनाको सत्यतत्य छानविनका लागी संसदिय समित गठन गर’ भन्ने जस्ता नारा लेखिएका प्ले कार्ड बोकेर विरोधमा उभिएका थिए । विरोध पछि कोण सभामा मानव अधिकारकर्मी, संजु साह,  उमेश विश्वकर्मा, विकास थापा, दिपक सेन्चुरी लगायतले पश्चिम रुकुमको चौरजहारीमा अन्तरजातीय विवाहको बिषयमा भएको हत्याको सत्यतत्य छानविन गर्नु पर्ने माग राखेका थिए ।


केही दिन अगाडी रुकुमको चौरजहारीमा अन्तरजातीय विवाहको विषयमा पाँच जनाको हत्या र एक जना बेपत्ता भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्