विराटनगर १६ बर्माटोलका अग्नीपिडितलाई ग्याँस संघको राहत

विराटनगर १६ बर्माटोलका अग्नीपिडितलाई ग्याँस संघको राहत

विराटनगर । विराटनगर १६ बर्माटोलका अग्नीपिडितलाई एल पि. ग्यास विक्रेता संघ मोरङले राहत वितरण गरेको छ ।


विराटनगर तालिम केन्द्र दक्षिण बसोबास गर्दै आएका गणेस बि.क.(घिमिरे) घरमा गत साता आइतबार आगालागी हुदाँ घरको पुर्णरुपले क्षती भएको थियो । आगलागीबाट करिब ५ लाख बराबारको क्षति भएको थियो । घरमा भएका सबै लत्ता कपडा भाडावर्तन लगायत अन्य धनमाल जलेर नष्ट भएको अवस्थामा संघले रातह वितरण गरेको हो । ग्यास संघले अग्निपिडितलाई चुलो सहितको ग्यास सेट, चामल लगायत राहत स्वरुप प्रदान गरेका थिए ।
राहत वितरण कार्यक्रममा ग्यास बिक्रेता महासंघ नेपालका केन्द्रीय सदस्य तेजराज श्रेष्ठ केन्द्रिय बरिस्ठ सल्लाहकार चिरञ्जीवी अधिकारी ,एल.पि.ग्यास बिक्रेता संघ मोरङ्ग का अध्यक्ष सरलराज पोखरेल, उपाध्यक्ष दिपेन श्रेष्ठ सचिब सुर्यमान बज्राचार्य, कोषाध्यक्ष गणेश कुमार साह,सन्तोष रौनियार जिल्ला सल्लाहकार लगायतको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्