सडकमा निशुल्क खाना वितरण गर्ने सामाजिक अभियान्तालाई कोरोना विमा

<span class='c1'>सडकमा निशुल्क खाना वितरण गर्ने</span> <span class='c2'>सामाजिक अभियान्तालाई कोरोना विमा</span>

विराटनगर । लकडाउनको समयमा विगत लामो समयदेखी निशुल्क खाना वितरण गर्ने सामाजिक अभियन्ताहरुलाई कोरोना बिमा गरिएको छ ।
नेकपा नेतृ नमिता न्यौपानेले जनरल इन्सुरेन्स कम्पनी मार्फत १० जना अभियन्ताहरुको एक लाख बराबरको बीमा गरिदिएकी हुन् ।


कारोना भाईरस संक्रमण रोकथाम तथा न्यूनिकरणका लागि लकडाउन कार्यान्यवयन भए यता विराटनगरका सडकमा नै जीवन व्यतित गर्नेहरुलाई निशुल्क खाना वितरण गरिरहेका अभियन्ताको आईतबार कोरोना बिमा गरिएको हो । कोरोना भाईरस संक्रमणको जोखिम बढ्ेसँगै निशुल्क खाना वितरण गर्नेहरुको पनि स्वास्थ्य जोखिममा रहेकाले प्रति व्यक्ति एक लाखको दरले बीमा गरिदिएको युवा नेता ओसिम आलमले जानकारी दिए । आलम लगायतको समुहले बिराटनगरको सडक पेटीमा बसेर दैनिकी बिताउने तीन सय बढिलाई दैनिक निशुल्क खाना वितरण गर्दै आईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्