सामाजिक दुरी कायम गरेर विराटनगरका जिम क्लबहरु खोल्न पाउनुपर्ने माग

<span class='c1'>सामाजिक दुरी कायम गरेर विराटनगरका</span> <span class='c2'>जिम क्लबहरु खोल्न पाउनुपर्ने माग</span>

विराटनगर । मोरङ बडिबिल्डिङ एण्ड फिटनेस एसोसिएसनले सामाजिक दुरी कायम गरेर जिम क्लबहरु खोल्न पाउनुपर्ने माग गरेको छ ।


एसोसिएसनले आईतबार मोरङका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाउदै यस्तो माग राखेका हुन् । लकडाउनका कारण जिम क्लबहरु संचालन गर्न नपाउँदा कर्मचारीलाई तलब तथा सेवासुविधा दिन नसकिएको र कतिपयय बिरामीहरुको उपचार समेत प्रभावित भएको मोरङ बडिबिल्डिङ एण्ड फिटनेस एसोसिएसन अध्यक्ष अमलेश कर्णले जानकारी दिए । फिजियोथेरापी, डाइबिटिज, प्रेसर, डिप्रेसनलगायत अन्य बिरामीले जिम गर्न नपाउँदा समस्या भएको कर्णको भनाई छ । ज्ञापन पत्र बुझाउदै आफूहरुले क्लब संचालन गर्दा ज्वरो नापेर मात्रै प्रवेश गराउने, साबुन पानीले हात, खुट्टा धुने र सेनिटाइजर प्रयोग गर्ने, ब्यायम सकिएपछि उक्त स्थानलाई सेनिटाइज गर्ने लगायतका प्रतिबद्धता जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्