राहत वितरण गर्न जाँदा दुर्घटनामा परेकी रन्जुको नोवेलमा उपचारका क्रममा मृत्यु

राहत वितरण गर्न जाँदा दुर्घटनामा परेकी रन्जुको नोवेलमा उपचारका क्रममा मृत्यु

बिराटनगर । मोरङको सुन्दरहरैंचामा लकडाउन प्रभावितलाई राहत वितरणका लागि जाँने क्रममा दुर्घटनामा परेकी नेकपा सुन्दरहरैंचा नगर कमिटि सदस्य अनिता न्यौपाने (रञ्जु) को उपचारका क्रममा मृत्यु भएको छ ।


दुर्घटनामा घाईते भएपछि बिराटनगर स्थित नोबेल शिक्षण अस्पतालमा उपचाररत न्यौपानेको गएराती मृत्यु भएको प्रहरीले जनाएको छ । सुन्दरहरैंचा–१० त्रिवेणी टोलकी ४० बर्षीया न्यौपाने राहत वितरणका लागि जाने क्रममा बैशाख २७ गते दुर्घटनामा परेकी थिईन् ।
न्यौपाने सवार को.३१ प.३११७ नम्बरको स्कुटरलाई बिराटचौकमा प्रदेश नं.१–०२–००२ ह.८५२३ नम्बरको सिटी सफारीले ठक्कर दिदा उनी गंभीर घाईते भएकी थिईन् । नोबेल अस्पतालमा उपचारका क्रममा २३ दिनपछि उनको मृत्यु भएको हो । दुर्घटना पश्चात सिटी सफारी र चालक बिराटचौकका ३२ बर्षीय खगेन्द्र पौडेललाई प्रहरीले नियन्त्रणमा लिएर जमानीमा छोडेको थियो । तर, घाईते न्यौपानेको मृत्यु भएपछि पुनः चालक पौडेललाई नियन्त्रणमा लिईएको ईलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी नायव निरीक्षक रमेश प्रधानले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्