नेपाल चार्टर्ड एकाउन्टेण्ट संघ मोरङको नयाँ नेतृत्व

<span class='c1'>नेपाल चार्टर्ड एकाउन्टेण्ट संघ</span> <span class='c2'>मोरङको नयाँ नेतृत्व</span>

बिराटनगर । नेपाल चार्टर्ड एकाउन्टेण्ट संघ मोरङको नेतृत्व परिवर्तन भएको छ । लकडाउनका कारण अनलाईनमार्फत बसेको चार्टर्ड एकाउन्टेण्टहरुको बैठकले अस्वानी बन्सालको संयोजकत्वमा ८ सदस्यीय जिल्ला कार्य समिति निर्माण गरेको हो।

समितिको महासचिवमा मनोज अधिकारी र कोषाध्यक्षमा तीर्थ यादव चयन भएका छन् । त्यस्तैगरी सदस्यहरुमा अमिर न्यौपाने, सन्जय बन्साल, अनिल प्रसाई,रुपा अग्रवाल र किन्जल पोखरेल सर्वसम्मत चयन भएका छन् ।

समितिको बैठकले सुशिल अग्रवाल, पवन राठी, पियुस लुनिया र सुरज तिम्सिनालाई सल्लाहकारमा चयन गरेको छ।
राजधानी बाहिर चार्टर्ड अकाउन्टेन्ट संघका चार वटा समिति बिस्तार भईसकेका छन् ।

प्रदेश नं.१ मा लेखा व्यावसाय तथा सेवा क्षेत्रमा
करिव ६० जना चार्टर्ड एकाउन्टेण्ट कार्यरत रहेको नव गठित समितिका सदस्य अमिर न्यौपानेले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्