विराटनगरको आयुर्वेद स्वास्थ्य केन्द्र नसार्न मन्त्री घिमिरेलाई स्थानियको माग

<span class='c1'>विराटनगरको आयुर्वेद स्वास्थ्य केन्द्र नसार्न</span> <span class='c2'>मन्त्री घिमिरेलाई स्थानियको माग</span>

विराटनगर । विराटनगर महानगरपालिका–४ जामुनगाछीमा रहेको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र सार्ने निर्णयको स्थानीय बासिन्दाले विरोध गरेका छन् ।

जामुनगाछीबाट विराटनगर–७ स्थित रेडक्रसको भवनमा आयुर्वेद सार्ने निर्णय प्रदेश १ को सामाजिक विकास मन्त्रालयले गरेको थियो । आयुर्वेदमा आइतबार बिहान थेरापी गर्न आइपुगेका सामाजिक विकास मन्त्री जीवन घिमिरेलाई भेट्दै निर्णयको विरोधमा उत्रिएका स्थानीय बासिन्दाले आयुर्वेद सार्ने निर्णय कुनै पनि हालतमा स्वीकार्य नहुने बताएका छन् ।

उनीहरुले निर्णय फिर्ता लिएर आयुर्वेद जामनुगाछीमै यथावत राख्न माग पनि गरेका छन् ।
स्थानीय बासिन्दा समेत रहेका नेकपा विराटनगरका अध्यक्ष सागर थापाले बस्ने ठाउँ नपाएर हिजोका दिनमा अलपत्र अवस्थामा रहेको आयुर्वेदलाई स्थानीय बासिन्दाकै पहल र सक्रियतामा जामुनगाछीमा स्थापित गरिएको बताए । उनले अहिले स्थापित भएर प्रभावकारी रुपमा सेवा दिन थालेपछि भने अन्यत्रै लैजान खोजिनुमा ठूलो षडयन्त्र रहेको आरोप लगाए । थापाले अहिले आफ्नै भवनबाट चलिरहेको कार्यालयलाई भाडाको घरमा पु¥याउने षडयन्त्र भएको बताए ।

विराटनगर–४ का वडा सदस्य तुलसीप्रसाद घिमिरेले मन्त्रालयले आयुर्वेद सार्ने निर्णय धेरै अघि गरेको भए पनि आफूहरुलाई अहिले मात्रै थाहा भएको बताए । मन्त्रालयले स्थानीय बासिन्दा, जनप्रतिनिधि कोहीसँग पनि छलफल नगरिकन आफ्नो हिसाबले एकलौटी निर्णय गरेको उनको भनाइ छ । आयुर्वेद सार्न नदिन स्थानीय बासिन्दा जुनसुकै मूल्य चुकाउन पनि तयार रहेको बताउँदै घिमिरेले यसबाट उत्पन्न परिस्थितिको जिम्मा सामाजिक विकास मन्त्रालय र मन्त्रीले लिनु पर्ने उल्लेख गरे ।

२०५३ सालबाट मोरङमा आयुर्वेद स्थापना भएको हो । भाडाको घरमा बस्दै आएको कार्यालय २०६५ सालमा दाताले १८ धुर जग्गा दिएपछि आफ्नो दुई तले, नौ कोठे भवन बनाएर जामुनगाछीबाट सञ्चालित छ । पहिल्यै बनाएको संरचना सेवा प्रवाहका लागि अपुग भएसँगै नजिकै अर्को घरबाट मासिक ४५ हजार रुपैयाँ भाडा तिरेर ल्याब, क्षारसुत्र, पञ्चकर्म, थेरापी लगायतका विस्तारित सेवा दिने काम भइरहेको आयुर्वेदका प्रमुख डा. रवीन्द्र निरौलाले बताए । विस्तारित सेवालाई संरचना अपुग भएपछि मन्त्रालयको निर्णयपछि पर्याप्त संरचना भएका स्थानमा आयुर्वेद सार्ने तयारी गरिएको उनको भनाइ छ ।

मन्त्री घिमिरेले जग्गा र संरचना अभाव भएकाले आयुर्वेद सार्न खोजिएको उल्लेख गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्