विराटनगरको ‘श्री हस्पिटल ’ रातरात बन्द हुँदा लकडाउनको बेला कर्मचारीको बेहाल

विराटनगरको ‘श्री हस्पिटल ’ रातरात बन्द हुँदा लकडाउनको बेला कर्मचारीको बेहाल

प्रेम देवान
विराटनगर । विराटनगर ९ घोगापुल पुर्व रहेको श्री हस्पिटलले कर्मचारीलाई पूर्वजानकारी नगराई बन्द गराउदा अस्पतालमा कार्यरत कर्मचारीहरु सडकमा उत्रिएका छन् ।

अस्पताल सञ्चालकले एक्कासी बन्द गराउदाँ त्यहाँ कार्यररत चिकित्सक, नर्स गरी ६० जना भन्दा बढी कर्मचारीहरु अहिले अलपत्र परेका छन् । अस्पतालका सञ्चालक राजेश अग्रवालले अस्पताल बन्द गरेपछि त्यहाँ कार्यरत नर्स – कर्मचारीहरु काम गरेको पारिश्रमिक पाँउनु पर्ने माग गर्दै अग्रावालको सोमबार घर घेराउ गर्न पुगेका थिए । आर्थिक नोक्सानी भोगेका कारण अग्रवालले पूर्वजानकारीविना अस्पताल बन्द गरेका हुन् ।

कर्मचारीले आइतबार मात्र अस्पताल बन्द भएको थाहा पाएका थिए । एक्कासी अस्पताल बन्द भएपछि पाँच महिनायता पारिश्रमिक नपाएका कर्मचारीहरूले तलब माग गर्दै सञ्चालक अग्रवालको घर घेराउ गरेका हुन् ।
अस्पतालका कर्मचारीमध्ये केहीले पाँच महिना र केहीले तीन महिनाको पारिश्रमिक नपाएको उनीहरुले बताए । लकडाउनको समयमा आफुहरु अस्पतालले तलव पनि नदिएको र अर्को विना जानकारी अस्पताल बन्द गराउँदा आफूहरुलाई समस्या भएको कार्यररत दिपेन्द्र साहले बताए । अस्पतालका कर्मचारीसँग कुनै छलफल नै नगरी अस्पतालले बन्द गराएको अस्पातलको ओपिडी विभागमा कार्यररत विभा राईले बताईन् । अस्पतालमा काम गर्ने कर्मचारीलाई लामो समयदेखीको तलव भुक्तानी नगराउदाँ लकडाउनको वेला दैनिकी गुजरा चलाउन समस्यामा परेको कर्मचारीहरुले गुनासो गरे ।


सोमबार दिउसो कर्मचारी अग्रवालको घरमा पुगेपछि सञ्चालक अग्रवाल घरमा लुकेर बसेका थिए । कर्मचारीले अग्रवालको घर अगाडी बसेर विरोध गरेपछि वडा प्रहरी कार्यालय विराटनगरको टोली पुगेको थियो । घरको गेटको ताला लगाएकार भित्र लुकेर बसेका अग्रावललाई प्रहरीको टोलीले बार्ताको लागी बाहिर बोलाएका थिए । वडा प्रहरी कार्यालयका डिएसपी बेदप्रसाद गौमत , प्रहरी निरीक्षक विकास राई लगायतको टोलीले अग्रवाललाई कर्मचारीसँग आपसी छलफल गरेर समस्याको हल गराउन लगाएका थिए । प्रहरीले उनीहरुको समस्या बुझेर दैनिकी १० – १० जनाको पारिश्रमिक दिलाउन पहल गराएका थिए । अग्रवालले प्रहरी सामु कर्मचारीको तलब दिन राजी भएका थिए ।
कर्मचारीलाई जानकारी नदिई अस्पताल बन्द गर्ने सञ्चालक अग्रवाल लकडाउनको समयमा मास्क कालोबजारी गरेको आरोपमा यस अघि पक्राउ परेका व्यक्ति हुन् । गत चैत ९ गते स्थानीय प्रशासन , औषधी विभागले घरमा नै लुकाएर राखेको अवस्थामा ११ हजार ३ सय ५० पिस मास्क बरामद गरेको थियो । वाणिज्य कार्यालय, विराटनगर महानगरपालिकासहितको अनुगमन टोलीले मास्क र सेनिटाइजर कालोबजारीका लागि लुकाएको पाइएपछि सञ्चालक अग्रवाललाई तीन लाख रुपैयाँ जरिवाना गराएको थियो । अस्पतालले लडकाउनको समस्या देखाउदै बन्द गराएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्