मोरङमा एकैदिन चट्याङले लागेर एकको मृत्यु, आठ जना घाइते

<span class='c1'>मोरङमा एकैदिन चट्याङले लागेर एकको</span> <span class='c2'>मृत्यु, आठ जना घाइते</span>

विराटनगर । सोमबार दिउसो मोरङको अलग – अलग स्थानमा चट्याङले एक जनाको मृत्यु र आठ जना घाइते भएका छन् । चट्याङले लागेर मोरङ रतुवामाई– ५ का नेत्र श्रेष्ठको मृत्यु भएको हो ।
बाख्रा सार्ने क्रममा २२ वर्षीय श्रेष्ठ चट्याङले लागेर घाइते भएका थिए । उपचारको लागि लैजाने क्रममा बाटोमा नै मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ । धनपालथान–२ मा आफ्नै खेतबारीमा काम गरिरहेका ८ जना चट्याङ को झड्का लागेर घाइते भएका थिए । घाइते हुनेमा धनपालथान–२ का ३८ वर्षीया प्रमिलादेवी मण्डल, १४ वर्षीया मनिषादेवी मण्डल, २५ वर्षीय जितेन मण्डल, १९ वर्षीया गिताकुमारी मण्डल, १६ वर्षीया सपनाकुमारी मण्डल, १२ वर्षीय अभिषेक मण्डल, ३८ वर्षीय शिवशंखर मण्डल र ४० वर्षीय चन्दन बहरदार रहेका छन् । घाइते सबैलाई उपचारको लागि कोशी अस्पताल विराटनगर ल्याइएको मोरङ प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्