संसदमा कुरा उठ्यो बिचल्लीमा परेका आम नागरिकहरुको पुर्नव्यवस्थापन गरिनुपर्छ

<span class='c1'>संसदमा कुरा उठ्यो बिचल्लीमा परेका</span> <span class='c2'>आम नागरिकहरुको पुर्नव्यवस्थापन गरिनुपर्छ</span>

विराटनगर । प्रदेश नं. १ का प्रदेशसभा सदस्य रामचन्द्र लिम्बुले लकडाउनका कारण बिचल्लीमा परेका आम नागरिकहरुको पुर्नव्यवस्थापनका लागी प्रदेश सरकारसँग माग गर्नुभएको छ ।

प्रदेश नं. १ प्रदेश सभा बजेट अधिवेशनको पाँचौं बैठकको शून्य समयमा बोल्नुहुँदै उहाँले यस्तो माग गर्नुभएको हो । उहाँले विचल्लीमा परेका आम नागरिकलाई पुर्नव्यवस्थापनका लागी दोश्रो चरणको राहत प्याकेज घोषणा गरिनुपर्ने भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो । त्यस्तै प्रदेश नं. १ को प्रदेशसभा नियमावली २०७४ को नियम ९३ (२) बमोजिम प्रदेश वनको सम्बन्धमा व्यवस्था गर्न बनेको विद्येयक माथिको सैद्धान्तिक छलफलको क्रममा बोल्नुहुँदै सांसद उपेन्द्र प्रसाद घिमिरेले विद्येयमा उल्लेखित केही बिषयवस्तुहरु अस्पष्ट रहेको जानकारी गराउनुभयो । त्यस्तै सांसद ओमप्रकाश सारावगीले निजी वन लगाउने जनताहरुलाई प्रोत्साहित गर्न उनीहरुले लगाएका जुनसुकै जातका बोटबिरुवालाई रोयल्टी लिएर बिक्रि वितरण गर्न दिईनुपर्ने धारणा व्यक्त गर्नुभयो । प्रदैश नं. १ प्रदेश सभा बजेट अधिवेशनको अर्को बैठक भने जेठ २० गते सोमबार दिनको १ बजे बस्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्