प्रदेश १ सरकारलाई तिब्बत सरकारद्धारा पौने ८ करोडको स्वास्थ्य सामग्री

प्रदेश १ सरकारलाई तिब्बत सरकारद्धारा पौने ८ करोडको स्वास्थ्य सामग्री

विराटनगर । प्रदेश १ सरकारलाई चीनको स्वशासित क्षेत्र तिब्बत सरकारले पौने ८ करोडको स्वास्थ्य सामग्री उपलब्ध गराएको छ ।


तिब्बत सरकारले उपलब्ध गराएको स्वास्थ्य सामाग्री नेपाल–चीन कार्यकारी परिषद्ले सोमबार प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई हस्तान्तरण गरेको हो। स्वास्थ्य सामग्री मुख्यमन्त्री राईलाई परिषद्का प्रदेश १ को—अर्डिनेटर मुकेश उपाध्यायले हस्तान्तरण गरे। करिब ७ करोड ७४ लाखबराबरको स्वास्थ्य सामग्री प्राप्त भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ। प्राप्तभएको स्वास्थ्य सामग्रीमा पीसीआर मेसिन २ सेट, भेन्टिलेटर ३ थान, एक्स–रे पोर्टेबल मेसिन १ थान रहेका छन्।

त्यस्तै आरडीटी किट १० हजार, भीटीएम भाएल १० हजार, स्वाब स्टिक २० हजार थान, पीपीई ५ हजार, एन ९५ मास्क ५ हजार, सर्जिकल मास्क २० हजार, सर्जिकल ग्लोब्स १० हजार, फेस शिल्ड २५ सय, आइआर थर्माेमिटर २ सय, अल्ट्रा सोनो ग्रामपोर्टेबल मेशिन १ थान, ह्यान्ड स्यानिटाइजर ५ सय मिलिलिटर रहेको छ।

उपलब्ध सामग्रीहरुले प्रदेश सरकारले बनाएको कोरोना रोकथाम, उपचार र परीक्षण योजनामा प्रभावकारी रुपमा प्रयोग गरिने मुख्यमन्त्री राईले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्