विराटनगर महानगरको विद्यालयलाई अपिल : लकडाउनमा विद्यार्थी भर्ना नगर्नुहोस् ।

विराटनगर महानगरको विद्यालयलाई अपिल : लकडाउनमा विद्यार्थी भर्ना नगर्नुहोस् ।

विराटनगर । विराटनगर महानगरपालीकाले महानगर भित्रका विद्यालयलाई भर्ना सम्बन्धी कुनै पनि गतिविधी नगर्न आग्रह गरेको छ ।

विराटनगर महानपालीकाका अन्र्तगतको नगर शिक्षा महाशाखाले सोमबार एक सुचना जारी गर्दै कोभिड १९ को उच्च जोखिमलाई मध्यनगर गर्दै भर्ना अभियानका गतिविधी नगर्न आग्रह गरेको हो ।
विराटनगरमा हाल केही विद्यालयले भित्रभित्रै भर्ना लिईरहेको उजुरी परेसँगै महानगरले यस्तो आग्रह गरेको हो ।

साथै महानगरले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रलायले वैशाख २२ गते र पुन जेठ १८ गते जारी गरेको प्रेस विज्ञप्तीलाई कार्यान्वय गर्न समेत आग्रह गरेको छ । केही समय अगाडी विराटनगर ३ मा रहेको पोखरिया स्कुलले लकडाउनको समयमा विद्यार्थीहरुलाई प्रवेश परीक्षा लिएको भन्दै स्कुल प्याब्सन विराटनगर विच विवाद देखिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्