चिकित्सक कुटपिटको विषयमा विराटनगर कोभिड अस्पतालका चिकित्सक सांकेतिक विरोधमा

<span class='c1'>चिकित्सक कुटपिटको विषयमा विराटनगर कोभिड</span> <span class='c2'>अस्पतालका चिकित्सक सांकेतिक विरोधमा</span>

विराटनगर । नेपाल मेडिकल कलेज जोरपाटीका ईमरजेन्सी मेडिकल अफिसर डाक्टरलाई विरामीका आफन्तहरुले कुटपिट गरेको विरोधमा विराटनगर स्थित कोभिड अस्पतालमा कार्यरत डाक्टर र स्वास्थ्यकर्मीहरुले सांकेतिक विरोध गरे्का छन् ।

उनिहरुले उपचारमा खटिएका डाक्टरलाई हातपात गर्नेहरुलाई कानुनी कारवाही हुनुपर्ने माग राखेर विरोध गरेका हुन । कोभिड अस्पतालमा कार्यरत उनिहरुले आफु बस्ने क्वारेण्टाइनबाटै विरोध गरेका हुन् ।

उनिहरुले हामीलाई न्याय चाहियो , दोसीलाई कानुनि कारवाही हुनुपर्छ, हामीलाई भाइरस संग होइन मान्छे संग डर लाग्छ , हामीलाई न्याय चाहियो जस्ता विभिन्न नारा लेखेका प्लेकाड बोकेर विरोध जनाएका छन् ।उनिहरुले स्वास्थ्य उपचारमा खटेको डाक्टर माथि विरामीका आफन्तले नै हातपात गर्न थाले पछि आफुहरु असुरक्षित रहेको भन्दै विरोध जनाएका छन् । कोभिड अस्पतालमा खटिएका स्वास्थ्यकर्मीहरुले दिनरात विरामीको उपचारमा खटिने डाक्टर माथिको हातपालको सिसि फुटेज समेत लुकाएको हुनाले दोशीलाई छानविन गरी कानुनी सजाय हुनपर्ने माग राखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्