विराटनगरका व्यापारीद्धारा लकडाउन खुकुलो बनाउन माग, लकडाउनले व्यापारी मारमा

विराटनगरका व्यापारीद्धारा लकडाउन खुकुलो बनाउन माग, लकडाउनले व्यापारी मारमा

विराटनगर । लकडाउनका कारण लामो समयदेखी व्यापार – व्यावसाय धरासयी भएको भन्दै लकडाउनलाई खुकुलो बनाउन विराटनगरका व्यापारीहरुद्धारा विभिन्न निकायसँग आग्रह गरेका छन् ।
विराट व्यापार संघको पहलमा आन्तरिक मामिला तथा कानुन मन्त्रालय , जिल्ला प्रशासन कार्यालय मोरङ र विराटनगर महानगरपालीकासँग २१ गतेदेखी लकडाउन स्वरुप परिवर्तन गरीदिन आग्रह गरेका छन् ।

विराटनगरमा अहिले निस्चित समय तोकेर बैकिङ क्षेत्र , खाद्यान्न , दैनिकी उपभोग्य बस्तु ,हाडवेर लगायतका संचालनमा भएता किचनवेयर, इलेक्ट्रोनिक्स, विद्युतीय जडान, लत्ता कपडा, जुत्ता तथा पहिरन जस्ता पसल पनि खोल्न पाउनुपर्ने माग माग राखेका छन । २ महिना लामो समयदेखीको बन्द भएका कारण यहाँका साना व्यापारीहरु मार्कामा पर्न थालेपछि २१ गतेबाट लकडाउनको धार परिवर्तन गराउने तीनै पक्षसँग छलफल गरिएको विराट व्यापार संघका अध्यक्ष सुजन थापाले जानकारी दिए । थापाले भने, ‘अन्य बैकिङ क्षेत्रलाई समय छुटाएको जस्तै साना व्यापारीलाई पनि निस्चित समय तोकेर व्यापार व्यावसाय गर्न दिनुपर्छ ।’अध्यक्ष थापाले भने" हामीले आन्तरिक मामिला तथा कानुन मन्त्रालय, जिल्ला प्रशासन र विराटनगर महानगरपालीकासँग छलफल गर्यौ । ‘अझै हामी २० गते सम्मका लागी समय पर्खन्छौ २१ गतेबाट व्यापारीलाई मारमा नपर्नेगरी लकडाउनको स्वरुप परिवर्तन गरिदिन ३ पक्षका सरोकारवालाहरुसँग पहल गरेका छौ । ‘हामीलाई विश्वास छ केही हद सम्म हाम्रा कुराको कार्यान्वय हुनसक्छ । ’ यता विराटनगर महानगरपालीका मेयर भीम पराजुलीले लकडाउनको विषयमा संघिय सरकारले हातमा भएका कारण यस विषयमा प्रदेश सरकार र केन्द्रीय सरकारसँग छलफल भईरहेको बताउनुभयो ।

विराटनगरका उद्योग कलकारखाना देखी लिएर हरेक क्षेत्र अहिले चौपट भएको छ । ‘हामीले अब विश्व स्वास्थ्य संघठनको प्रोटोकललाई हेरेर लकडाउनको स्वरुप परिवर्तन गर्नुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्