विराटनगर जेठ २१ ,
विराटनगरमा रहेको अनलाइन खाद्यान्न वितरण गर्ने "छिटोमीठो" र नाङ्लो म:म को संयुक्त आयोजनामा विराटनगरमा शान्तिसुरक्षामा खटिएका प्रहरी , स्वयंसेवक र विद्यार्थीलाई खाजा वितरण गरेको छ।
विराटनगरको स्वागत गेट देखि रानी सिमानाका सम्म खटिएका २५० बढी प्रहरी र स्वंयसेवकलाई खाजा र पानी वितरण गरेको छ ।
महामारीको अवस्थामा जनताको सेवामा खटिने सहयोगी हातहरुलाई सहयोग गरेको आयोजक विपिन प्याकुरेलले बताए।