स्वास्थ्यकर्मीमाथि हातपातको विरोधमा विराटनगरका चिकित्सक पनि, मन्त्रीलाई लठ्ठी उपहार

स्वास्थ्यकर्मीमाथि हातपातको विरोधमा विराटनगरका चिकित्सक पनि, मन्त्रीलाई लठ्ठी उपहार

विराटनगर जेठ २१ ,

जेठ १४ गते नेपाल मेडिकल क्लेज जोरपाटीमा ६४ वर्षिय महिलाको उपचारको क्रममा मृत्युु भएको घटना लाई लिएर चिकित्सक माथी हातपात गरिएको घटना प्रति नोबेल अस्पताल र बिराटनगरका बिभिन्न अस्पतालमा कार्यरत मेडिकल अफिसर, रेजिडेन्ट डाक्टर तथा नर्सहरूले दिउँसो अस्पतालको सेवा मा कुनै असर नगर्ने गरि बिरोध प्रदशन गरेका छन्।

साथै घटना लाई सलग्न हरु लाई पक्राउ गरि कारबाहिको माग गर्दै उनिहरुले प्रदेश नं १ सामाजिक बिकास मन्त्री लाई ध्यानाकर्षण पत्र र सांकेतिक विरोधको रुपमा एक मुठ्ठा लठ्ठी उपहार दिएका छन्।डिउटीमा रहेका चिकित्सकलाई हातपात गरेमा डिउटीमा रहेका सुरक्षाकर्मीलाई कुटपिट गरे सरह को कारबाही गर्ने सरकारी निर्णयको मसि नसुक्दै भएको यो घटनामा दोषीलाई बचाउन कतै सरकार नै लागेको हो कि भन्ने आशंकामा सरकारलाई सांकेतिक रूपमा भन्दै एक मुठ्ठा लठ्ठी उपहार दिएको सो बिरोध कार्यक्रमका अभियन्ता नेपाल चिकित्सक संघ, जुनियर डाक्टर कमिटिका सदस्य डा. हिमलाल भण्डारीले बताउनु भयो ।

सो कार्यक्रममा नेपाल चिकित्सक संघ, जुनियर डाक्टर कमिटिका तर्फबाट डा. हिमलाल भण्डारी, डा. रबिन बस्नेत, सेभ द मेडिकल फ्याटरनिटी अभियन्ता डा कोलाज कट्टेल,नर्सिङ अभियन्ता आर एन नबिना कोइरालाले नेतृत्व गर्नुभएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्