कविता : द्वन्द्ववाद – भुवन कुमार वाग्ले

कविता : द्वन्द्ववाद – भुवन कुमार वाग्ले

एउटा झुप्रो
उसको सामुन्ने एउटा महल
दुवैमा हसिया हथौडा ।

फरक यत्ति हो ,
झुप्रोवाला कमरेड तिनलाई प्रयोग गर्छ
धार लगाउँछ दाँत काट्छ
बिँड फेर्छ
घांस काट्छ, कांटी ठोक्छ ।
र त
उसको कम्मरमा भिरेको हसिया हतौडा
धारिलो र चम्किलो छ ।

महलवाला कम रेड पनि
तिनलाई प्रयोग गर्छ,
मुखले महिमागान गर्छ
त्यसैको आडमा
बल्छी पारेर तानिएका माछाको
भाग छोप्छ तम्सिएर
र त
उसको हसिया हतौडा
टक्सेडो सुटको कलरमा
काँटी ठोकेर
अडिएको छ ।
***
भुवन कुमार वाग्ले
विराटनगर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्