विराटनगरको रानी नाकासहित २० नाकाबाट भारतबाट नेपाली नेपाल आउदै

विराटनगरको रानी नाकासहित २० नाकाबाट भारतबाट नेपाली नेपाल आउदै

नोभेल कोरोना भाइरसका कारण जारी गरिएको लकडाउन बढ्दै जाँदा भारतमा रहेका नेपालीहरुले रोजगारी गुमाउनु परेकाले समस्या भएपछि उनीहरुलाई नेपाल प्रवेशका लागि २० वटा प्रवेश विन्दुहरु तोकिएका छन् ।

भारतस्थित नेपाली दूतावासका अनुसार विविध बाध्यात्मक परिस्थितिबाट घर फर्किनैपर्ने नेपाली नागरिकहरुका लागि महामारी फैलिन नदिने गरी सुरक्षितरुपमा फर्किन सहजीकरण गर्ने सम्बन्धमा नेपाल सरकारबाट निर्णय भएको छ ।

भारतबाट स्थलमार्ग हुँदै स्वदेश फर्कने नेपाली नागरिकहरुको लागि नेपाल-भारत सीमाका २० वटा प्रवेश विन्दुहरु निर्धारण गरिएको दूतावासले जनाएको छ ।

जसमा इलामको पशुपतिनगर, झापाको काकडभिट्टा, मोरङको रानी, सप्तरीको कुनौली, सिरहाको ठाडी, माडर, महोत्तरीको भिट्टामोड, सर्लाहीको मलंगवा, रौतहटको गौर, पर्साको वीरगञ्‍ज, नवलपरासीको महेशपुर, रुपन्देहीको वेलहिया, कपिलवस्तुको तौलिहवा, कृष्णनगर, बाँकेको जमुनाह, सुरजपुर, बर्दीयाको गुलरिया, कैलालीको गौरिफन्टा, कञ्‍चनपुरको गड्डाचौकी, बैतडीको झुलाघाट र दार्चुलाको दर्चुला नाका तोकिएको छ ।

साथै, भारत सरकारले यही जुन ०१, २०२० बाट लागु हुने गरी 'संक्रमण जोन' बाहेक भारत भित्रको आवगमनलाई सामाजिक दूरी कायम गरी तथा तोकिएका अन्य मापदण्ड भित्ररही सहज गराएको भएकाले यातायातमा सहजता हुने जनाइएको छ ।

सीमा नाकाबाट नेपाल प्रवेश गरेपश्चात् प्रवेश विन्दु नजिकैको होल्डिङ सेन्टरमा आवश्यक प्रक्रिया पूरा गरिसकेपछि निश्चित समयसम्म क्‍वारेन्टाइनमा रहनुपर्ने समेत जनाइएको छ ।

भारतमा पनि पछिल्लो समय कोरोना संक्रमितको संख्या बढ्दै दुई लाखभन्दा बढी पुगेको छ भने नेपालमा पनि भारतका विभिन्‍न क्षेत्रबाट नेपालीहरु आउनेक्रम बढेपछि कोरोना संक्रमितको संख्या बढ्दै गएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्