रबिन्द्र बराल
रंगेली नगरपालिकामा २ जनामा कोरोना संक्रमण देखिएको छ। बुधबार कोशी अस्पताल विराटनगरको प्रयोगशालामा परीक्षण गर्दा मोरङको रंगेली नगरपालिकामा २ जनामा संक्रमण पुष्टि भएको हो ।
संक्रमण पुष्टि भएकाहरु भारतको नब्बेपुरा भन्ने स्थानबाट आएका थिए । १४ जेठमा आइपुगेका संक्रमित जनता क्याम्पसको क्वारेन्टाइनमा थिए ।१५ गते स्वाब संकलन गरी पठाएकोमा बुधबार पोजेटिभ रिपोर्ट आएको नगरपालिकाका प्रमुख मेयर दिलिप बगडियाले बताए ।
उनीहरु मध्ये धनपालथान गाउँपालिकाका ५ जना र रतुवामाई नगरपालिकाका ४ जना र रंगेलीका ८ जना थिए । रंगेलीका ८ जना मध्ये २ जनामा संक्रमण पुष्टि भएको र बाँकी ६ को रिपोर्ट नेगेटिभ आएको मेयर वगडियाले बताए ।
नगरपालिकामा १०९ जनाको पिसिआर परिक्षणगर्दा पछिल्लो १९ जना मध्ये २ जनामा कोरोना देखिएको हो ।