विराटनगरमा विहिबारबाट होटेल तथा मनोरञ्जनका क्षेत्र बाहेक अन्य व्यावसाय खोल्न पाइने

विराटनगरमा विहिबारबाट होटेल तथा मनोरञ्जनका क्षेत्र बाहेक अन्य व्यावसाय खोल्न पाइने

विराटनगर । विराटनगरमा भोलीदेखी ब्युटिपार्लर, शैलुन र होटल बाहेक अन्य पसल तथा व्यावसाय संचालन गर्ने निर्णय गरिएको छ ।


जिल्ला प्रशासन कार्यालय मोरङमा कोभिड क्राइसिस मेनेजमेन्ट कमिटीको बुधवार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
विराटनगर महानगर क्षेत्रमा विहान देखि दिउसो १२ बजे सम्म मात्र पसल खोल्न पाइने छ ।
बजार क्षेत्रमा सामाजिक दुरी कायम राखेर सुरक्षितरुपमा ब्यापार ,व्यवसाय सन्चालन गर्ने गरी ब्यवस्था मिलाइएको विराटनगर महानगरका मेयर भीम पराजुलीले जानकारी दिए । यसको प्रत्यक्ष अनुगमन विराटनगर महानगरपालिका र जिल्ला प्रशासन कार्यालय मोरङले गर्ने छ । यो निर्णय संगै विराटनगरमा आन्दोलित रहेका व्यवसायीहरुले खुसी ब्यक्त गरेका छन् ।विराटनगरमा विहिबारबाट होटेल तथा मनोरञ्जनका क्षेत्र बाहेक अन्य व्यावसाय खोल्न पाइने

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्