विराटनगर १६ दरैया बस्तीमा पहिलो पटक स्वास्थ्य चौकी स्थापना, स्थानिय हर्षित

विराटनगर १६ दरैया बस्तीमा पहिलो पटक स्वास्थ्य चौकी स्थापना, स्थानिय हर्षित

विराटनगर । भारतको सिमा नाकासँग जोडिएको विराटनगर वडा नं. १६ दरैया बस्तीमा आधारभुत स्वास्थ्य चौकी स्थापना गरिएको छ ।


विराटनगर महानगरपालिकाले वडा नं. १६ स्थित दरैया बस्तीमा रहेको २ कोठे भवनलाई बुधबारबाट स्वास्थ्य चौकी संचालनमा ल्याइएको हो ।
दरैया बस्तीका अधिकास स्थानीयबासी स्वास्थ्य सेवाको पहुँचबाट टाढा भएको अवस्थामा स्वास्थ्य चौकी स्थापना गरेको हो । उक्त क्षेत्रमा स्वास्थ्य चौकी नहँुदा विभिन्न स्वास्थ्य समस्या झेल्न विवस भएका बालबालिका, गर्भवती तथा वृद्धवृद्धाहरु हाल खुशी भएका छन । १ जना डाक्टर र १ जना नर्स रहने गरी स्थापना गरिएको स्वास्थ्य चौकीबाट स्थानीयले गर्भवती सेवा, परिवार नियोजन सेवा, खोप सेवा र क्षयरोग तथा कुष्ठरोगका निःशुल्क औषधीहरु लगायतका प्राथमिक स्वास्थ्य उपचारका सेवाहरु पाउने विराटनगर महानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रमेश कार्कीले बताउनुभयो ।
अनौपचारिक कार्यक्रमका बिच विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले स्वास्थ्य चौकीको उद्घाटन गर्नुभएको छ । सोही अवसरमा बोल्नुहुँदै मेयर पराजुलीले नगरका हरेक क्षेत्रमा स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यका साथ महानगरले काम गरिरहेको जानकारी गराउनुभयो । पहिलो पटक वडा नं. १६ को दक्षिणी पस्चिम भेगका स्थानियवासी स्वास्थ्य चौकीको स्थपनासँगै हर्षित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्