विराटनगरको कोभिड अस्पतालबाट आज एकै दिन २७ कोरोना संक्रमित निको भई डिस्चार्ज

विराटनगरको कोभिड अस्पतालबाट आज एकै दिन २७ कोरोना संक्रमित निको भई डिस्चार्ज

विराटनगर जेठ २२ ।

विराटनगरको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रबाट आज थप २७ जनाले कोरोना जितेर डिस्चार्ज भएका छन् ।

कोभिड १९ उपचार केन्द्रमा उपचाररत ४१ मध्ये २७ जनाले एकै पटक कोरोना जितेको कोशी अस्पताल विराटनगरकी मेडिकल सुपरीटेण्डेन्ट डाक्टर संगीता मिश्राले जानकारी दिईन । कोरोनामुक्त भएका मध्ये उदयपुरका ३, झापाका ७, मोरङका ६, सुनसरीका ४, सप्तरीका २ ,धनकुटाका ४, खोटाङका १ गरी जम्मा २७ जना डिस्चार्ज भएका छन्  ।उनीहरु मध्ये ४ जनामहिला र २३ जना पुरुष छन । कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रका डाक्टर दीपक सिग्देलका अनुसार ३० जनाको परीक्षण गरिएको थियो ।

यो सँगै प्रदेश १ मा कोरोनामुक्त हुनेको संख्या ७५ पुगेको छ । यसअघि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट १८ जना र विराटनगरबाट ३० जनाले कोरोना जितेका थिए । प्रदेश १ मा कोरोना संक्रमितको संख्या १८५ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्