विराटनगरमा आजदेखि लकडाउन खुकुलो , बजारमा चहलपहल बढ्यो

विराटनगरमा आजदेखि लकडाउन खुकुलो , बजारमा चहलपहल बढ्यो

प्रेम देवान
विराटनगर । कोरोना भाइरस संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि सरकारले घोषणा गरेको लकडाउनक आज ७३ औँ दिन पुगेको छ ।

विराटनगरका व्यापारीहरुले यस अघि पटक पटक आफ्नो व्यावसाय संचालन गर्न पाउनु पर्ने माग राख्दै विभिन्न निकायहरुलाई गुुुुुहार गर्दै आएका थिए ।

यद्यपी बिहिबार विहानदेखी भने विराटनगरका अधिकांश पसलहरु खुल्न थालेका छन् । जिल्ला प्रशासन कार्यालय मोरङमा कोभिड क्राइसीस मेनेजमेन्टको बुधबार बसेको बैठकले ब्युटिपार्लर,शैलुन र होटल व्यावसाय र मनोरञ्जनात्मक क्षेत्र बाहेक अन्य पसलहरु खोल्न दिने निर्णय गरेसँगै विराटनगरका अधिकांश बजार खुल्न थालेका हुन् ।

बुधबार बसेको बैठकमा विराटनगर महानगर क्षेत्रमा बिहान ६ बजे देखि १२ बजेसम्म पसल खोल्न दिइने निर्णय गरेको थियो । लामो समय सम्म बन्द भएको पसल विहीबार विहानै देखी खुल्न थालेपछि विराटनगरका व्यापारीहरु अन्यदिनमा अलिक खुशी देखिन्थे ।
लामो समयको बन्दाबन्दीले दैनिकी असहज भएको तर आजदेखि १२ बजेसम्म बजार खुल्दा पनि केहि राहत मिलेको समिर टेलर्सका एमडी अलौदिन अंसारी बताए ।

कोरोना संक्रमणको त्राससँगै स्वास्थ्य सुरक्षा अपनाएर नै पसल संचालन गरेको उनको भनाई छ ।
६ बजे देखि १२ बजेसम्म पसल खोल्न दिँदा धेरै राहत मिलेको अर्का एक ग्यालेक्सी चस्मा पसलका व्यावसायी गंगा रायले बताए । आउने ग्राहकलाई सेनिटाईजर साथै हात धुने व्यवस्था मिलाएर नै पसल खोलेको उनको भनाई छ ।

बल्ल बल्ल खुलेको पसल घरभाँडा तिर्न समस्या परेको छ त्यो भन्दा पनि बैकको व्याज तिर्न गाहे भएको अर्का ब्यापारी सरोज तमोलीले गुनासो पोखे । कोरोना भाइरस संक्रमणको बढ्दो जोखिमसँगै विराटगरमा लकडाउन १२ बजेसम्मका लागि खुकुलो भएसँगै मानिसहरुको चाप र सवारीको आवागमन बढ्न थालेको छ ।

महानगर भित्रका व्यापारीहरुलाई अफ्ठयारो नहोस भनेर निस्चित समय तोकेर आफ्नो व्यापार व्यावसाय गर्न दिएको छ । तर व्यावसाय खोल्न दिएको भन्दैमा यहाँ नागरिकको स्वास्थ्यमाथी खेलवाड गर्न पाईदैन । त्यसैले सामाजिक दुरी कायम राखेर सुरक्षितरुपमा ब्यापार , व्यवसाय सन्चालन गर्नु आवश्यक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्