प्रदेश नम्बर १ मा आज थप ३९ जना संक्रमित थपिए, कुन जिल्लाका कति ?

<span class='c1'>प्रदेश नम्बर १ मा आज थप ३९</span> <span class='c2'>जना संक्रमित थपिए, कुन जिल्लाका कति ?</span>

विराटनगर जेठ २४,

प्रदेश नम्बर १ मा आज थप ३९ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा १७ जना,मोरङमा ६ जना, र भोजपुरमा ५ जना,  झापामा ११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

सुनसरीमा भोक्राह नरसिंह गाउँपालिकामा १२, बर्जु गाउँपालिकामा ३, धरान उपमहानगरपालिका र बराहक्षेत्र नगरपालिकामा १/१ जनामा कोरोना संक्रमण देखिएको छ ।

मोरङका सबै संक्रमित रतुवामाई नगरपालिकाका हुन् । रतुवामाईमा कुल संक्रमित संख्या ८ पुगेको छ । भोजपुरका सबै ५ जना संक्रमित षडानन्द गाउँपालिकाका रहेका छन् ।

विराटनगरको कोशी अस्पताल, प्रदेश जनस्वास्थ्य प्रयोगशाला र विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा परीक्षण गर्दा पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्