प्रेम देवान
विराटनगर । तोकिएको समय भन्दा ढिलो नाला निर्माण गरेपछि वर्षाका कारण घरको पर्खाल भत्कन थालेपछि स्थानियवासी आक्रोसित बन्न थालेका छन् ।
विराटनगर ८ स्थित मधुमारा पुर्व रहेको छाँया मार्गको नाला तोकिएको समय भन्दा ढिलो बनाएपछि बर्षाका कारण स्थानियवासीको घरको पर्खाल भत्कन थालेको छ । कन्काई ब्राईट बुल जेवीले ठेक्का लिएको नाला लामो समय सम्म नबनाउदाँ स्थानियवासी यतिबेला समस्यामा परेका छन् । घर अगाडी ८ फिट भन्दा गहिरो नाला बनाउनको लागी खनिएको ठाँउमा नाला लामो समय वितिसक्दा पनि अझै निर्माण नगर्दा दैनिक समस्यामा भोग्दै आएका छन् ।
यता शुक्रबार विहान परेको अविरल बर्षाका कारण स्थानियको घर अगाडीको पर्खाल भत्किएका छन् । घर अगाडी बगैचामा लगाइएको रुख विरुवा समेत ढलेका छन् । त्यति मात्र हैन केवल तथा नेटका पोल समेत सडकमा ढलेका कारण स्थानियवासीलाई हिडडुल गर्न समस्या हुन थालेको छ ।
घर अगाडीको गहिरो खनिएका नाला बनाउन ढिलाई गरिदिँदा बाटो हिड्न समेत समस्यामा परेको स्थानिय एलवी गुरुङले बताए । विगत ३ महिनादेखि आफ्ना सवारी साधन समेत अरुको घरमा राख्न वाध्यभएको गुरुङले यसरी दुखेसो पोखे ।
गुरुङको घर छेउकै अर्का छिमेकी मायादेवी कडरियाले पनि ठेक्का लिने व्यक्तिले निरन्तर रुपमा काम गरिदिएको भए यो दुख भोग्न नपर्ने बताईन् । ७२ बर्षिया कडरियालाई घर अगाडीबाट हिड्न समेत अफ्ठयारो हुने गरेको छ । गहिरो खाडल खनेका कारण ३ वटा घर जोखिममा परेको कारण चाडै बनाईदिन कडरियाले अग्राह गरिन् ।
यता ठेक्का लिने कम्पनीका ईन्जिनियर रोशन अधिकारीले भने लकडाउनको समयमा पनि काम गरेको तर प्रहरीले रोकेका कारण आफुहरुले काम रोक्नु परेको बताए । विचमा निर्माण सेवाका काम गर्न सरकारले आग्रह गरेता पनि पास नभएका कारण काममा ढिलाई भएको अधिकारीले बताए ।
यता विराटनगर महानगरपालीका वडा न ८ वडा अध्यक्ष निस्चल अर्यालले लकडाउनको विचमा जिल्ला प्रशासन कार्यालयसँग काम गर्ने व्यात्तिहरुलाई पासको लागी व्यावस्था गरेको दावी गरे । तर पनि एउटा जिल्लादेखी अर्को जिल्ला जानको लागि पास नमिल्ने भएका कारण बाहिरका कामदारहरु आउन समस्या भएको अर्यालले बताए । तर जेहोस वर्खा सुरु भईसकेको छ । कोरोनाको चिन्ता त छनै तर त्यो भन्दा अझ ठूलो चिन्ता कतिबेला घर लडाउने हो भन्ने उनीहरुको लागि ठूलो चिन्ताको विषय बनेको छ । त्यसैले जनताले यसरी दुख भोग्न नपारोस । ठेक्का लिने अनि ठेक्का दिने सम्बन्धीत निकायको चाडै ध्यान पुगोस ।