विराटनगरमा लायन्स क्लबको विश्व वातावरण दिवसका अवसरमा वृक्षारोपण

<span class='c1'>विराटनगरमा लायन्स क्लबको विश्व</span> <span class='c2'>वातावरण दिवसका अवसरमा वृक्षारोपण</span>

अाज ५ जुन अर्थात विश्व वातावरण दिवसका अवसर पारेर लायन्स क्लब अफ बिराटनगर हेल्थ प्राेफेसनले बृक्षाराेपण गरेका छन् । काेभिड १९ काे त्राश र लकडाउनमा बिशेष गरि स्वास्थ्यकर्मीहरु निकै ब्यस्त छन् ।

यस व्यस्ततामा पनि स्वास्थ्यकर्मीहरु नै अावद्ध भएका लायन्स क्लब अफ हेल्थ प्राेफेसनले बिहानै २५ वटा भन्दा बढि बिशेषत: फलफुलका बिरुवा राेपेका छन् । अहिले लकडाउन रहेकाले सबै जना भेला भएर बृहत कार्यक्रम गर्न नसकिने भएकाले अाफ्नाे घरमा नै कम्तिमा १ बिरुवा राेपाै भन्ने व्हिप जारी गरेकाले याे सम्भव भएकाे क्लबका अध्यक्ष लायन डा. बालकृष्ण साहले बताए ।

विभिन्न अवसर पारेर ठुलाे संख्यामा बृक्षाराेपण गर्ने गरेकाे भए पनि ती बिरुवाहरुकाे हेरचाह नभएकाले अधिकाश सुकेर जाने देखिन्छ । त्यसैले अाफ्नै बारीमा फलफुलका बिरुवा राेपे त्याे राम्रोसँग हुर्केने बिश्वास लिएका डा. साहले अाफ्ना क्लबका सबै सदस्यहरुलाई फलफुल वा कुनै बिरुवा राेप्न अाग्रह गरेका थिए ।

यस अभियानलाई सार्थक गर्दै क्लबका अधिकाशं सदस्यले १ वा साे भन्दा बढि बिरुवा राेपेकाले अाज करिब ३० बिरुवा राेपेका छन् । अाज राेपिएका बिरुवामा सबै भन्दा बढि अाप र लिचि रहेका छन् । यश बाहेक कटहर, सजिवन, धुपी अादि रहेकाे अध्यक्ष साहले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्