विराटनगरमा अलपत्र भारतीय मजदुरलाई युवाहरुले पाँच दिनदेखि खाना खुवाउदै

<span class='c1'>विराटनगरमा अलपत्र भारतीय मजदुरलाई युवाहरुले</span> <span class='c2'>पाँच दिनदेखि खाना खुवाउदै</span>

विराटनगर । विराटनगरका युवाहरुले अलपत्र परेका भारतीय मजदुरहरुलाई खुवाउँदै आईरहेका छन् । विराटनगर– १७ स्थित बुधनगर कस्टम यार्डमा अलपत्र परेका भारतीय मजदुरहरुलाई विराटनगरका युवाहरुले पाँच दिनदेखि दैनिक खाना खुवाउदै आएका हुन् ।

उनीहरुले नेकपा प्रदेश नम्बर १ का ईन्चार्ज भीम आचार्यको पहलमा र युवा नेता मोहम्मद आजम शेखको नेतृत्वमा दैनिक साँझ र बिहान खाना खुवाउँदै आएका छन् ।

कोरोना भाईरस संक्रमणको संभावित जोखिम रोकथाम तथा न्युनीकरणका लागी सरकारले चैत्र ११ गते लकडाउनको घोषणा गरेसँगै नेपालमा कार्यरत हजारौँ भारतीय कामदाहरु अलपत्र परेका छन् । बन्दाबन्दीको कारण काम ठप्प भएसँगै आम्दानिको स्रोत बन्द भएको छ । भने उनीहरु स्वदेश फर्कने चाहानको साथ सीमा क्षेत्रमा अलपत्र पर्ने गरेका छन् ।

नेकपाका युवा नेता मोहम्मद आजम शेखको नेतृत्वमा जारी उक्त अभियानमा मोहम्मद सोनु, मजहर आलम, मुन्ना राजवंशी, निरज चौधरी र मोहम्मख अन्सारुल लगायतका युवाहरुले सहजीकरण गर्दै आएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्