विराटनगर । लकडाउनको कारण विदेशमा अलपत्र परेका प्रदेश नम्बर १ का ४१ जना होल्डिङ एरियामा आईपुगेका छन् ।
तेस्रो मुलुकबाट प्लेन चाटर्ड गरेर म्यानमार र युएईबाट शुक्रबार काठमाण्डौ आएका उनीहरुलाई नेपाली सेनाको रोहबरमा सनिबार सुनसरीको चतरास्थित जगदगुरु श्री रामानन्दाचार्य सेवा पीठ होल्डिङ्ग क्षेत्रमा ल्याएको हो । म्यानमारबाट आएका २ महिला र युएईबाट आएका २ महिलासहित ३७ पुरुष रहेका छन् ।
जसमध्ये झापाको १४ जना, मोरङको ११, सुनसरीको ५, ईलामको ३, संखुवासभाको १, ओखलढुङ्गाको २, ताप्लेजुङको १,उदयपुरको २ र भोजपुरको १ जनागरी जम्मा ४१ जना रहेको छन ।
भने मोरङ्ग र झापाको व्यक्तिहरुलाई आ–आफ्नो जिल्लामा लगिएको छ ।
मोरङका ११ जनालाई सुर्यदल गणका सहसेनानाी खड्गबहादुर निरौलाको रोहबरमा जिल्ला ल्याएको छ । भने उनीहरुलाई आ–आफ्नो गाँउपालिकाको क्वारेन्टाईनमा बुझाईएको सहसेनाी निरौलाले जानकारी दिए ।
चतरास्थित रामनन्द पिठ सेवा आश्रमलाई प्रदेश सरकारले तेस्रो मुलुकबाट आएकाहरुका लागि होल्डिङ एरिया बनाएको छ । उक्त होल्डिङ एरियामा आइपुगेकाहरुलाई सम्बन्धित जिल्लामा समन्वय गरेर पठाइने प्रदेश सरकारद्धारा गठित होल्डिङ तथा तथा व्यवस्थापन उपसमितिका सदस्य रवि खनालले जानकारी दिए