मोरङका थप २ जनामा संक्रमण पुष्टि भएको छ । उनीहरु सुनबर्षी नगरपालिका र बुढीगंगा गाउँपालिकाका रहेका छन् ।
त्यसैगरी सुनसरीका थप ५ जनामा संक्रमण देखिएको छ।
संक्रमित हुनेमा भोक्राहा नरसिहं गाउँपालिकाका २४ र ३५ वर्षका पुरुष तथा ३८ र ४५ वर्षकी महिला छन् । अर्का धरानका ३० वर्षीय पुरुष हुन् ।
प्रादेशिक अस्पताल विराटनगर र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परिक्षणमा उनीहरुलाई कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
हाल प्रदेश एकमा संक्रमितको संख्या २४९ पुगेको छ भने निको भएर घर फर्किनेको संख्या ९० रहेको छ ।