सुनको भाउ उच्च , आजको दर यस्तो ।

सुनको भाउ उच्च , आजको दर यस्तो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनचाँदीको दर भाउ पुनः तोक्न सुरु गरेको छ । लकडाउनपछि कारोबार नहुँदा दर भाउ तोक्न छोडेको महासंघले आइतबारदेखि पुनः दरभाउ तोकेको हो । यसअघि नेपाल सुनचाँदी, रत्न तथा आभूषण महासंघले सुनचाँदीको बजार भाउ तोक्न सुरु गरेको थियो ।

महासंघले विस्तारै लकडाउन खुलुलो बनाउनेतर्फ उन्मुख भएको, केही समयसम्म पसल व्यापार व्यवसाय सञ्चालन हुने क्रम सुरु भएकाले सुनचाँदीको दर भाउ पनि पुनः सुचारु गरिएको जनाएको छ ।

महासंघले आइतबारका लागि सुनको भाउ प्रति १० ग्राम ७४ हजार ९ सय ३० अर्थात् तोलाको ८७ हजार ४ सय कायम गरेको छ । अन्तर्राष्ट्रिय बजार भाउ अनुसार मूल्य कायम गरिएको महासंघले जनाएको छ । यस्तै चाँदीको भाउ पनि तोलाको ९ सय २५ रुपैयाँ तोकेको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्