विराटनगरका सौन्दर्यकर्मीको आफ्नो व्यावसाय सञ्चालन गर्न वातावरण बनाउन माग

<span class='c1'>विराटनगरका सौन्दर्यकर्मीको आफ्नो व्यावसाय सञ्चालन</span> <span class='c2'>गर्न वातावरण बनाउन माग</span>

विराटनगरका सौन्दर्यकर्मीहरुले लकडाउनको विकल्प खोजेर सहज ढङ्गले व्यावसाय सञ्चालन गर्न दिईने वातावरण तयार पार्न माग गरेका छन ।

उनीहरुले सोमबार विराटनगर महानगरपालिका तथा जिल्ला प्रशासन कार्यालय मोरङ्गमा ५ बुँदै ज्ञापन–पत्र बुझाउँदै यस्तो माग गरेका हुन । सौन्दर्यकर्मीहरुले सीपमुलक तालिम तथा क्षमता अभिवृद्धिका कार्यक्रमहरु मार्फत बेरोजगार महिलाहरुलाई समेटदै आएकाले लकडाउन खुकुलो बनाएर निश्चित समयावद्यिभित्र व्यावसाय सञ्चालन गर्न दिईनुपर्ने राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपालकी केन्द्रिय सदस्य तथा शिक्षा विभाग सचिव ममता प्रधानले बताउनुभयो ।

सोमबार ज्ञापनपत्र बुझाउँदै उनीहरुले आवश्यक मापदण्ड अपनाएर निश्चित समयावद्यिभित्र व्यावसाय सञ्चालन गर्न दिईनुपर्ने, स्थानीय प्रशासनले अनुगमन गरि सुरक्षा मापदण्ड पुरा भएको प्रमाण स्वरुप व्यावसाय सञ्चालनका लागी अनुमतिपत्र दिनुपर्ने, बार्षिक किस्ताबन्दीमा घरभाडा भुक्तानीको व्यवस्था मिलाईनुपर्ने तथा सौन्दर्यकर्मीहरुलाई सहुलियत दररेटमा श्रृण उपलब्ध गराउन बैंक तथा बित्तीय संस्थाहरुसँग सहजीकरण गरिनुपर्ने लगायतका माग राखेका छन ।

कोरोना भाईरसको सम्भावित जोखिम न्युनीकरणका जारी लकडाउनका कारण सौन्दर्यकर्मीहरुको पेशा सङकटमा पर्दै गईरहेकाले यसतर्फ स्थानीय प्रशासनको ध्यानकर्षण हुनु आवश्यक रहेको राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपालकी विराटनगर महानगर कमिटी अध्यक्ष सायदा तबसुमले बताउनुभयो ।

कोरोना भाईरसको फैलिँदो सङक्रमण तथा बढदो जोखिमलाई मध्यनजर गर्दै नेपालमा गत चैत्र ११ गतेदेखि लकडाउन जारी गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्