विराटनगरका युवाक‍ो प्रश्न “१० अर्ब खोई सरकार ! लाज लाग्दैन ?” (फोटो फिचर )

विराटनगरका युवाक‍ो प्रश्न “१० अर्ब खोई सरकार ! लाज लाग्दैन ?” (फोटो फिचर )

विराटनगर । सरकारविरुद्ध बालुवाटारमा विरोध प्रदर्शन भएसंगै विराटनगरका युवा जमात समुहले पनि विरोध गर्न सुरु गरेका छन् ।

कोरोना नियन्त्रण तथा औषधि उपकरण खरिदमा भएको १० अर्व खर्च पारदर्शी हुनुपर्ने माग राख्दै विराटनगरमा सरकार विरुद्ध प्रदर्शन भएको छ । विराटनगरको देवकोटा चोकदेखी निकालिएको ¥याली संसद भवन कार्यालय हुदै मेनरोडबाट मुख्यमन्त्री कार्यालय पुगेर धर्ना दिएका थिए । युवाहरूले मुख्यमन्त्री कार्यालय अगाडि राष्ट्रिय गान गाएर सरकारले प्रभावकारी काम गर्न नसकेको भन्दै विरोध जनाए । उनीहरुले हातमा दश अर्व खै , लाज लाग्दैन , आरडीटी परीक्षण रोक्नुपर्ने, थोपरिएको कर खारेज गर्नुपर्ने जस्ता माग राखेर सरकारविरुद्ध प्रदर्शन गरेका थिए ।

११ चैतदेखि लकडाउन सुरु भययता विराटनगरमा यति धेरै संख्यामा युवाहरु प्रदर्शन भएको पहिलो पटक हो । कुनै पनि अप्रिय घटना नघटोस भनेर मोरङ प्रहरीले ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्