बिराटनगर जेठ २९,
शिक्षादिप कलेजका म्यानेजमेन्ट संकायका विद्यार्थी विवेक यादवले आफुले कक्षा १२ मा प्रथम हुदा पाएको पुरस्कारबाट बिपन्न परिवारलाई सहयोग गरेका छ्न ।
बिराटनगर माहानगरपालिका ६ न: वार्डमा रहेको बिपन्न परिवारलाई ५० केजि चामल, ४ केजि दाल, ५ केजि आलु, २ लिटर तेल, ७ केजि बन्दा , ४ केजि प्याज, साबुन लगाएतको खाद्यान्न सामग्री सहयोग गरेका छन् । आफुले मेहनतले पढेर पाएको पुरस्कारले विपन्नलाई सहयोग गर्न पाउदा खुसी लागेको यादवले बताए ।
उक्त सहयोग कार्यमा विवेक यादव, गणेश शाहा र पेरिस सुबेदिको उपस्थिति थियो ।