सबै शनिबार र अन्य सार्वजनिक बिदाका दिनमा पनि बैंकहरू सञ्चालन गर्न निर्देशन

<span class='c1'>सबै शनिबार र अन्य सार्वजनिक बिदाका</span> <span class='c2'>दिनमा पनि बैंकहरू सञ्चालन गर्न निर्देशन</span>

नेपाल राष्ट्र बैंकले सबै शनिबार र अन्य सार्वजनिक बिदाका दिनमा पनि बैंकहरू सञ्चालन गर्न निर्देशन दिएको छ ।

सरकारले कर बुझाउन ताकेता गरेसँगै करदाताहरूले सहज रूपमा कर बुझाउन सक्ने व्यवस्था गर्नका लागि सबै वर्गका बैंक तथा वित्तीय संस्थाहरूलाई आगामी असार ३२ गतेसम्म बिदाका दिन पनि खुला राख्न निर्देशन दिइएकाे हाे ।

राष्ट्र बैंक स्राेतका अनुसार सबै बैङकहरूका राजस्व सङ्कलन गर्ने शाखा, काउन्टर एवं बैंकका क्लियरिङसम्बन्धी कार्य गर्ने काउन्टर सधैँ खुला राख्न भनिएकाे छ । यससँगै नेपाल क्लियरिङ हाउसलाइ पनि बिदाका दिन समेत खुला राख्न निर्देशन दिइएको छ । अहिले सार्वजनिक बिदाका दिन पनि करिब पाँच हजार चेक क्लियरिङ हुँदै आएकोमा याे क्रम बढ्दै जाने भएकाेले क्लियरिङ हाउसलाइ पूर्णकालीन खुला राख्न निर्देशन दिइएकाे बताइएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्