विराटनगरमा विकास निर्माणमा कुटपिट घटना : स्थानीय भन्छन् “कुटपिट भएको झुटो”

<span class='c1'>विराटनगरमा विकास निर्माणमा कुटपिट घटना :</span> <span class='c2'>स्थानीय भन्छन् “कुटपिट भएको झुटो”</span>

विराटनगर । विराटनगर महानगरपालीका ११ र १२ को सीमामा रहेको धरणीधर मार्गको विकास निर्माणको क्रममा उपभोक्ता समितिकी अध्यक्ष माथि कुटपिट भएको घटना झुटो भएको स्थानियवासीले बताएका छन ।

पञ्चमुखी चोकस्थित धरणीधर मार्गमा निर्माण गर्न लागिएको सडक र नालाको सिमानाका बिषयमा विवाद हुँदा निर्माण समितिकी अध्यक्ष सञ्जु साह माथि कुटपिट भएको समाचार कपोकल्पित र झुटो भएको स्थानियले बताएका हुन ।

विराटनगर ११ का स्थानियवासीले शुक्रबार नेपाल पत्रकार महासघ कार्यालय विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गरी मिडियामा आएको समाचारको खण्डन गर्दै कुटपिट भनिएको कुरा झुटो भएको स्थानिय किरण श्रेष्ठले पत्रकार सम्मेलनमा जानकारी दिए ।

शाह माथि बिहिबार स्थानिय युवाहरुको समुहले कुटपिट भएका भन्दै कोशी अस्पतालमा घाईते भएको भन्दै भर्ना भएकी थिईन् । साहले दुवै हात, छाती र टाउकोमा चोट लागेको भन्दै दिएको अभिव्यक्ति सरासर झुटो भएको अर्का स्थानियवासी रोनाल्ड कडेलले बताए ।

धरणीधर मार्ग निर्माणको लागी नारायण लिम्बु अध्यक्ष रहेको अवस्थामा संन्जु साहले रातारात आफूलाई अध्यक्ष समेत बनाई सांसद कोषबाट आएको रकम निकासा गरेको स्थानियवासीले जारी गरिएको विज्ञप्तीमा जनाइएको छ । जारी विज्ञप्तीमा भनिएको छ ‘ जेठ २९ गते विहिबार एकाएक डोजर ल्याएर विराटनगर ११ तर्फको सडकको किनारा सफा गर्ने काम गरियो ।’ स्थानियवासीलाई विना पूर्व जानकारी डोजर लगाएर नाली ढकन निकालेर काम गरेको भनेपछि हो– हल्ला हुदाँ सन्जु साहले उल्टै आफुलाई कुटपिट गरेको भन्दै प्रहरी र संञ्चारकर्मीलाई दिएको जानकारी झुटो भएको स्थानिय सिर्जना कार्कीले बताईन् । साहले मानव अधिकारकर्मी भएर आफ्नो अधिकार र शक्ति प्रर्दशन गर्दै स्थानियहरुको मानमर्यादा माथि धावा बोल्ने काम गरेको स्थानियवासीको भनाई छ ।

साथै स्थानियवासीले समाचार प्रशारण भएको प्रति पनि आपत्ति जनाउदै स्थानियसँग यर्थाथ नबुझी एक जनाले भनेको भरमा समाचार प्रकाशित भएका प्रति असन्तुष्ट जनाएका छन् ।
यता साहले आफु माथी कुटपिट भएकै दावी गरिरहेकी छिन् । शुक्रबार दिउसो पनि केही युवाहरुको समुहले घर अगाडी आफुलाई गाली गलोज गरेको आरोप लगाईन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्