गौ हत्याको दोषीलाई कडा कारबाही हुनुपर्ने माग गर्दै विराटनगरमा विरोध प्रर्दशन

गौ हत्याको दोषीलाई कडा कारबाही हुनुपर्ने माग गर्दै विराटनगरमा विरोध प्रर्दशन

विराटनगर । नेपालको राष्ट्रिय जनवार गाईको हत्या गर्नेलाई कारबाहीको माग राख्दै विराटनगरमा विरोध प्रर्दशन भएको छ ।
विराटनगर महानगरपालीका वडा न –१७ का स्थानीयवासीले गौ–हत्याको दोषीलाई कारबाहीको माग गर्दै आईतबार विरोध प्रर्दशन गरेका हुन् ।

उनीहरुले गत जेठ २२ गते विराटनगर–१७ स्थित प्रतिक टोलमा गाई काटेर भैसीको मासु भन्दै बेचेको आरोपमा पक्राउ परेका २८ बर्षीय सोहेल मियाँलाई कारबाहीको माग गर्दै विरोध प्रर्दशन गरेका हुन ।
राजनितिका संरक्षणको आडमा मियाँलाई कानुनी कारबाहीबाट बचाउन खोजिएको भन्दै स्थानीयले विरोद्य प्रर्दशन गरेका हुन । उनीहरुले गौ हत्या बन्द गर, गाई हाम्रो राष्ट्रिय जनावर हो र दोषीलाई कारबाही गर लगायतका नारा घन्काउँदै हिन्दु धर्मको संरक्षण गर्न गौ–हत्या बन्द गरेर दोषीलाई कडाभन्दा कडा कारबाहीको माग गरेका छन ।


रानी भन्सारबाट निकालिएको ¥यालीले दक्षिणी भेगका विभिन्न क्षेत्रको नगर परिक्रमा पछि पुन स्कुल अगाडी पुगेर टुङ्याएका थिए ।
अहिले मुलुकका विभिन्न स्थानमा गाई गोरु काट्ने प्रवृति बढ्दै गएका कारण जो दोषीहरु पक्राउ परेका छन् उनीहरुलाई कुनै पनि राजनितिक संरक्षण नगरी कारबाही गर्नुपर्ने विराटनगर १७ का स्थानिय भानु अधिकारीले बताए ।
गत जेठ २२ गते झण्डै १० किलो मासु, मासु काटन प्रयोग गरिएको अचानो, दाउ, चुलेसी र बेच्न प्रयोग गरिएको तराजु सहित पक्राउ परेका मियाँलाई भने प्रहरीले पशुपन्क्षी कसुर ऐनको आधारमा म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाएको थियो ।

बरामद मासु ल्याब परिक्षणका लागि काठमाण्डौ पठाईए पनि घुस दिएर ल्याब परिक्षणको रिपोर्ट समेत परिवर्तन गर्न खोजिएको भन्दै स्थानीय आक्रोशित भएका छन् । यसैविच गौ हत्याको आरोप लागेका व्यक्तिलाई कारबाहीको माग गर्दै विश्व हिन्दु परिषद नेपाल जिल्ला कार्य समिति मोरङले कार्वाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालयमा समेत प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्