विराटनगर । विराटनगरका अपाङता भएका व्यक्तिहरुद्धारा लकडाउनबाट खाना नपाएर भोक भोकै बस्नु परेको भन्दै प्रदेश १ को सामाजिक विकास मन्त्रालमा धर्ना दिएका छन् ।
विराटनगर क्षेत्र भित्रका अधिकांश अपाङता भएका ब्यक्तिहरु राहतको आशले एक हप्ता देखि निरन्तर सामाजिक विकास मन्त्रालय धाई रहँदा पनि राहत नपाएपछि आज उनीहरुले मन्त्रालयमै आईतबार भने धर्ना दिएका छन् ।
जिविकोपार्जन गर्नका लागि तिनपांग्रे रिक्साबाट खाद्यान्नको सामग्री बोक्दै आईरहेपनि लकडाउनका कारण निकै समस्या भएको संजय दर्नालले बताए ।
खान नपाएरै मर्नुपर्ने अवस्था सृजना भएपछि मन्त्रालयमा धर्ना दिनुपर्ने बाध्यता भएको रंजन अधिकारीले बताए ।
उनीहरु राज्य मन्त्री जसमाया गजमेरलाई राहतका लागि निवेदन दिएपनि अहिलेसम्म कुनै सुनुवाई नभएका गुनासो गरे ।