मोरङबाट लकडाउनकाे मौकामा अबैध रुपमा भारतबाट ल्याउदै गरेको सामान बरामद

मोरङबाट लकडाउनकाे मौकामा अबैध रुपमा भारतबाट ल्याउदै गरेको सामान बरामद

रबिन्द्र बराल
काेराेना भाईरस नियन्त्रणका लागि नेपाल सरकारले चैत्र ११ गतेदेखि लकडाउन गरेको अबस्थामा भारत बाट अबैध रुपमा नेपाल तर्फ ल्याउदै गरेको सुर्ति, खैनि , सिलिवरका भाँडाकुँडा , प्लास्टिक का सामग्री लगायतका सामानहरु प्रहरीले पक्राउ गरेको छ । नेपालबाट सिमाबर्ति क्षेत्र तर्फ लैजादै गरेको घरेलु मदिरा समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।

ईलाका प्रहरी कार्यलय रंगेलीले अाफ्नाे मातहतमा रहेकाे रंगेली चाेप्राह,कर्सिया, डाईनिया, लगायतका स्थानहरुबाट साईकल तथा माेटरसाईकलकाे प्रयोग गरेर अबैध घरेलु मदिरा लैजाने क्रममा ५ सय लिटर मदिरा समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रहरीका अनुसार उक्त सामानहरुकाेे बजार मुल्य अन्दाजी ३ लाख रुपैयाँ बराबरको रहेको प्रहरीले जनाएको छ । साे समाना बिराटनगर स्थित आन्तरिक राजस्व कार्यलय बिराटनगर र बिराटनगर भन्सार कार्यलयमा बुझाईएकाे ईलाका प्रहरी कार्यलय रंगेलीका प्रहरी निरिक्षक लेखनाथ दाहालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्